पहिरोले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिरोले सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले यस सडक अन्तर्गत बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिर, मर्स्याङ्दी गाउँपालिका वडा नं ४ स्थित तीन ठाउँमा पहिरो गएको बताए । उक्त पहिरोमध्ये हवाईडाँडामा ठूलो पहिरो गएको उनको भनाइ छ ।

सो स्थानमा ठूला–ठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध बनाएको छ । केही ठाउँमा सडक खुलाउने प्रयास भए पनि समय लाग्ने भएको छ ।

सडक अवरुद्ध भएसँगै सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन् । यसअघि गत आइतबारसमेत नासों गाउँपालिका–१ तालडाँडामा पहिरोले सडक अवरुद्ध बनाएको थियो ।

त्यस्तै छ दिनअघिसमेत यस सडकको विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको थियो । यसरी पटक–पटक सडक अवरुद्ध हुँदा जिल्लाको उत्तरी भेगका स्थानीय र मनाङवासीलाई मर्का पर्दै आएको छ ।

सडक सञ्चालनमा आएको वर्षौँ भए पनि सडक गुणस्तरीय बन्न नसक्दा थप जीर्ण र जोखिम रहँदै गएको यात्रुहरूले बताएका छन् । पैसठ्ठी किलोमिटरको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी रहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ११ : ५६ बजे

काठमाडौं तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं – काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको

पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको तयारी छैन : उपप्रधानमन्त्री  सिंह

पाल्पा– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई

आज तरकारी र फलफूलको थोक मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

कार्नीले सम्हाले क्यानडाको सत्ता

क्यानडा – अर्थशास्त्री मार्क कार्नीले क्यानडामा नयाँ प्रधानमन्त्रीको रूपमा सत्ता

कोदोको पिठोबाट गाउँमै बिस्कुट उत्पादन

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न