प्रधानमन्त्री प्रचण्डले डाकेको बैठकमा केपी ओली गएनन् | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डले डाकेको बैठकमा केपी ओली गएनन्


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी भएपनि अध्यक्ष ओली अनुपस्थित भएका हुन् ।

संसदमा सहभागी दलहरुको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी छन् । त्यसैगरी बैठकमा माओवादी केन्द्रका तर्फबाट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् ।

प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र केन्द्रीय सदस्य सन्तोष परियार बैठकमा सहभागी छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन बैठकमा सहभागी भएका छन् ।

सुन तस्करी प्रकरण छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गर्दै एमालेले गत साउन १० यता प्रतिनिधिसभाका सबै बैठक अवरुद्ध पार्दै आएको छ । संसद सञ्चालनका विषयमा छलफल गर्नका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेका हुन् ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  १ : ५५ बजे

ट्रम्पको कर दबाब : जयशङ्करद्वारा रूसी कम्पनीहरूलाई भारतसँग ‘अझ गहन’ संलग्न हुन आग्रह

मस्को- अमेरिकाले भारतमा ५० प्रतिशत कर लगाएको परिस्थितिमा भारतीय विदेशमन्त्री

ठूला दल भ्रष्टाचारको ‘भ’ सुन्दा डराउँछन्, तस्करीको ‘त’ सुन्दा काँप्छन् : शिव नेपाली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले भ्रष्टाचार, तस्करीलगायतका

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह- राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्नुहोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक

चौध वर्षदेखि ‘शीत भण्डार’ प्रयोगविहीन

फिक्कल– इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि