प्रधानमन्त्री प्रचण्डले डाकेको बैठकमा केपी ओली गएनन् « Khabarhub

प्रधानमन्त्री प्रचण्डले डाकेको बैठकमा केपी ओली गएनन्


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी भएपनि अध्यक्ष ओली अनुपस्थित भएका हुन् ।

संसदमा सहभागी दलहरुको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी छन् । त्यसैगरी बैठकमा माओवादी केन्द्रका तर्फबाट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् ।

प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र केन्द्रीय सदस्य सन्तोष परियार बैठकमा सहभागी छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन बैठकमा सहभागी भएका छन् ।

सुन तस्करी प्रकरण छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गर्दै एमालेले गत साउन १० यता प्रतिनिधिसभाका सबै बैठक अवरुद्ध पार्दै आएको छ । संसद सञ्चालनका विषयमा छलफल गर्नका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेका हुन् ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  १ : ५५ बजे

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका