नेकपा एसको पोलिटब्युरो बैठक सुरु « Khabarhub

नेकपा एसको पोलिटब्युरो बैठक सुरु


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल भएको थियो ।

बैठकको पहिलो दिन २६ जना पोलिटब्युरो सदस्यहरुले धारणा राखेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकको सुरुमै पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दै गम्भीर चुनौतीको सामना गर्न तयार भएर नयाँ पार्टी बनाएको र कम्युनिष्ट धारको उत्तम विकल्प भएको बताएका थिए । भ्रष्टचार नियन्त्रणका लागि सरकारको कामलाई निरन्तरता दिएर सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्नेमा अध्यक्ष नेपालको जोड रहेको उपमहासचिव खतिवडाले बताए ।

त्यस्तै अध्यक्ष नेपालले निर्दोष कोही नफस्ने र दोषी कोही पनि नछुटोस भन्ने भावनाले काम गर्न आह्वान गरेको खतिवडाले जानकारी दिए ।

पोलिटब्यूरो बैठक सोमबार समापन हुने उनले बताए । भाद्र ५ गतेदेखि ७ गतेसम्म बस्ने पार्टीको केन्द्रीय कमिटी बस्ने समाजवादीले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ६ : ४० बजे

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले