बजेट अभावले महाकाली पुल निर्माणको काम प्रभावित « Khabarhub

बजेट अभावले महाकाली पुल निर्माणको काम प्रभावित


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – महेन्द्रनगरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणको काम बजेट अभावले प्रभावित भएको छ । मुलुककै आर्थिक समृद्धिसँग जोडिएको सो पुल निर्माणका लागि पर्याप्त बजेट प्राप्त नहुँदा निर्माण कार्य प्रभावित भएको हो ।

पुल निर्माण कम्पनीले गत आवकै रु २२ करोड रकम पाउन बाँकी छ । तर चालु आवमा पुल योजनाका लागि रु १८ करोड मात्रै बजेट आएको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका प्रमुख रामबहादुर गुरुङले जानकारी दिए ।

“गत वर्ष पनि बजेट अभावकै कारण निर्माण व्यवसायीले गरेको कामको भुक्तानी गर्न सकिएको छैन ।” गुरुङले भने, “चालु आवमा आएको बजेटले निर्माण व्यवसायीलाई तिर्न पुग्दैन ।” उनले बजेट थपका लागि विभाग र मन्त्रालयमा पेश गरेको बताए ।

पुल निर्माणको भौतिक प्रगति ९२ प्रतिशत भइसकेको छ । तर पुलसँगै बन्ने अन्य संरचनाका लागि पर्याप्त बजेट विनियोजिन नहुँदा निर्माण व्यवसायीले काम गर्न सक्ने अवस्था नरहेको जनाएको छ । महाकाली पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इञ्जिनीयर किशोर पाण्डेयले काम गरेकै पैसा नै भुक्तानी नहुँदा थप काम गर्न समस्या भएको बताए ।

“पुल निर्माण सम्पन्न भएर आवागमन भइरहेको छ, पुलसँगै बन्ने पहुँच मार्ग र पुलको दुवैतर्फ पोखरी निर्माणाधीन छ ।” पाण्डेयले भने, “गत वर्षकै भुक्तानी नभएको अवस्था थप काम गर्न निकै सकस छ ।” उनले काम गरेको भुक्तानी नहुँदा निर्धारित समयमा नै काम सम्पन्न नहुने बताए।

शनिबार मात्रै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले महाकाली पुलको स्थलगत निरीक्षण गर्नुभएको थियो । पुलको अवलोकन गर्दै मन्त्री ज्वालाले आर्थिक अभावकै कारण पुल निमार्णको काम नरोकिने प्रतिद्धता जनाए । “आर्थिक अभावकै कारण पुल निमार्णको काम रोकिने छैन ।” उनले भने, “मन्त्रीपरिषद्को निर्णय गराएर पुल योजनालाई आवश्यक बजेटको व्यवस्था गर्छौँ ।”

महाकालीपारिको बस्तीलाई यही पुलले सडक सञ्जालसँग जोडेको छ । विसं २०७४ भदौमा ठेक्का सम्झौता भएर काम सुरु भएको पुल निर्माणको काम २०७७ भदौमा सम्पन्न गर्ने भने पनि काम सम्पन्न नहुँदा म्याद थप गरिएको थियो । विसं २०८० चैतभित्र सबै काम सम्पन्न गर्नुपर्ने भए पनि बजेट अभावका कारण आयोजनाको काम पछि धकेलिदै गएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ८ : १९ बजे

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको