कर्तव्य ज्यान मुद्दाका ९२ वर्षीय वृद्ध पक्राउ « Khabarhub

कर्तव्य ज्यान मुद्दाका ९२ वर्षीय वृद्ध पक्राउ


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्तव्य ज्यान मुद्दाका ९२ वर्षीय एक फरार प्रतिवादी पक्राउ परेका छन्। साढे २१ वर्ष जेल सजाय तोकिएका रोल्पाको रुन्टीगढी गाउँपालिका-१ रिठाबोटका ९२ वर्षीय पहिले कामीलाई प्रहरीले आज घरबाटै पक्राउ गरेको हो। 

जिल्ला अदालत रोल्पाले २६ वर्ष पहिले २०५४/१२/१० गते कर्तव्य ज्यान मुद्दामा कामीविरूद्ध २१ वर्ष ६ महिना कारावासको सजाय तोकेको थियो। अदालतको फैसलापछि कामी फरार रहँदै आएका थिए। 

पक्राउपछि भदौ १ गते उनलाई अदालत उपस्थित गराइएको र अदालतको आदेशलाई तोकिएको कारावास सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ६ : ३० बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५