दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा राष्ट्रपति पौडेल संविधान दिवस मूल समारोहमा सहभागी, प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेट, कार्यशैली सच्याउन सभापति देउवालाई शेखर कोइरालाको चेतावनी, संविधान प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्नेमा ओलीको जोड, संविधानमा लेखिएका प्रावधान व्यवहारमा उतार्न चुनौति : माधव नेपाल, विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा, द्रुत बस सेवा सञ्चालन शुभारम्भलगायतका समाचारले प्रमुख स्थान पाए  ।

राष्ट्रपति पौडेल संविधान दिवस मूल समारोहमा सहभागी
संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च ९टुँडिखेल० मा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

जनआन्दोलनका उपलब्धि कमजोर पार्नेहरुबाट सचेत हुन आवश्यक : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई कमजोर पार्नेविरुद्ध सचेत हुनुपर्ने बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले जनआन्दोलनका उपलब्धीहरूलाई कमजोर पार्ने काम हुन सक्ने भन्दै सचेत हुनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रीलंकाका राष्ट्रपति राष्ट्रपति रनिल विक्रमासिंघेबीच अमेरिकामा भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन अमेरिका पुगेका प्रचण्ड र विक्रमासिंघेबीच न्युयोर्कमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संविधान प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्छ : ओली
नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

एमालेले संविधान दिवसका अवसरमा आज नारायणचौरमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उनले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए ।

वर्तमान संविधान कांग्रेसको नीतिबाट प्रभावित : सिटौला

नेपाली कांग्रेसका नेता तथा वर्तमान संविधानको मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले वर्तमान संविधान माओवादी पार्टीबाट प्रभावित भएर निर्माण नभएको दाबी गर्दै कांग्रेसबाटै माओवादी प्रभावित बनेको बताएका छन्।

स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताएका छन् । मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान गर्न सफल भएको दाबी गरे ।

संविधानमा लेखिएका प्रावधान व्यवहारमा उतार्न चुनौति : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्न चुनौति रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल रिटर्नी एशोसियशनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधानमा समाजवाद स्थापना, भेदभाव, अन्यायको अन्त्य लगायतका सबै विषय समेटिएपनि संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्ने चुनौति रहेको बताए ।

हस्तकला विधेयक तयार भइसक्यो : मुख्यमन्त्री जमकट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेशमा हस्तकला विधेयक तयार भइसकेको बताएका छन् । संविधान दिवसका अवसरमा हस्तकला सङ्घ वाग्मती प्रदेश कार्यालयले आयोजना गरेको प्रदर्शनीमा उनले सो कुरा बताएका हुन् ।

कार्यशैली सच्याउन सभापति देउवालाई शेखर कोइरालाको चेतावनी
पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन कांग्रेस नेता डा शेखर कोइरालाले चेतावनी दिएका छन् ।

मंगलबार आफूपक्षीय नेताहरूको भेला गरेका शेखरले बुधबार धुम्बाराहीस्थित देउवा निवास पुगेर सभापति देउवालाई कार्यशैली सच्याउन चेतावनी दिएका हुन् ।

नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा : परराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएका छन् ।

आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सीटीबीटीओ) का कार्यकारी सचिव रोवर्ट फ्लोइडसँग मंगलबार भएको भेटघाटका अवसरमा उनले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पारेका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठद्वारा संविधान दिवसको शुभकामना
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज भएको बताएका छन् ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केनद्वारा संविधान दिवसको शुभकामना
संयुक्त राज्य अमेरिकाले नेपालको संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेको छ ।

अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विज्ञप्तिमार्फत अमेरिकाको तर्फबाट शुभकामना व्यक्त गर्दै यो नेपालले गरेको उल्लेखनीय प्रगति र राष्ट्रहरूबीचको बलियो मित्रतालाई कदर गर्ने क्षण भएको उल्लेख गरेका छन् ।

विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा
संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मंगलबार दिउँसो ३ बजे भएको वार्तालाई अस्वीकार गर्दै महासङ्घ आन्दोलनमा उत्रेको हो ।

द्रुत बस सेवा सञ्चालन शुभारम्भ
काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालन शुभारम्भ गरिएको छ ।

संविधान दिवसको अवसर पारेर भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्क सडक खण्डमा सुरु गरिएको द्रुत बस सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शुभारम्भ गरेका हुन् । १३ दशमलव ४ किलोमिटरको उक्त सडक खण्डमा द्रुत बस सेवा सञ्चालनका लागि यसअघि नै मार्किङको काम सम्पन्न भइसकेको छ ।

नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने
एसियाली विकास बैंक (एडीबी) ले २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

बुधबार ‘एसियन डेभलपमेन्ट आउट लुक २०२३’ रिपोर्ट सार्वजनिक गर्दै एडीबीले कोभिड महामारीपछि लगातार २ वर्ष बलियो आर्थिक वृद्धि हासिल गरे पनि गत आर्थिक वर्षमा वृद्धिदर अपेक्षित भन्दा बढी नै घटेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ८ : ५९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको