नेपथ्यको ‘मानवताका लागि सङ्गीत’ यात्रा अब क्यानाडामा | Khabarhub Khabarhub

नेपथ्यको ‘मानवताका लागि सङ्गीत’ यात्रा अब क्यानाडामा


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –साङ्गीतिक ब्याण्ड नेपथ्यले आउँदो अक्टोबरको १ तारिख (यही असोज १४ गते) मा पहिलो पटक क्यानाडामा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएको छ ।

सन् २०२३ लाई मानवता प्रवर्द्धनका लागि साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्दै आएको नेपथ्यले यसपालि पहिलोपटक क्यानाडाको क्यालगरी सहरमा साङ्गीतिक प्रस्तुति दिन लागेको हो ।

त्यसपछि अक्टोबर ४ (असोज १७) मा भ्यानकुभर सहरमा प्रस्तुति दिने र अन्तिम शो भने अक्टोबर ८ (असोज २१) मा क्यानाडाको टोरन्टोमा प्रस्तुत गर्ने नेपथ्यले जानकारी दिएको छ ।

सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । क्यानाडा नेपथ्यको १७ औँ गन्तव्य राष्ट्र हुनेछ ।

केही समययता नेपालीका निम्ति क्यानाडा आप्रवासनको आकर्षक गन्तव्य बन्दै आएको छ । त्यसमा पनि विशेषगरी अध्ययनका लागि त्यसतर्फ जाने नेपाली विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दो छ ।

सन् २०२३ भरि नेपथ्यका सबै प्रस्तुतिलाई ‘मानवताका लागि सङ्गीत’ को नारासहित मानवता प्रवर्द्धन अभियानको शृङ्खलाको रूपमा प्रस्तुत गर्ने विचारअनुरूप यसपालिको नेपथ्य क्यानाडा शृङ्खला पनि त्यही नाराअन्तर्गत अगाडि बढ्ने छ ।

“क्यानाडामा हुने प्रायः नेपाली कार्यक्रम अमेरिकी यात्रासँग जोडिएर आयोजना गरिएको पाइन्छ”, व्यवस्थापन सम्हाल्दै आएको नेपालका किरणकृष्ण श्रेष्ठले भने, “नेपाली कलाकारले क्यानाडाको मात्र यात्रा गरेको घटना विरलै हुने गरेकोमा यसपालि त्यो सम्भावनाको ढोका पनि उघार्ने अठोट लिएका छौँ ।”

अघिल्लो महिनाको शृङ्खला जापानमा भएको थियो । यात्रामा सम्मिलित आठ जना प्राविधिज्ञ एवं व्यवस्थापक र छ सङ्गीतकर्मीसहित जम्मा १४ जनाको टोली क्यानाडा यात्रामा समावेश हुनेछ ।

“हाम्रो लागि क्यानाडा नयाँ गन्तव्य भए तापनि त्यहाँ बसोबास गर्ने नेपालीले देखाउनुभएको उत्साहबाट असाध्यै हौसला मिलिरहेको छ”, ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङले भने, “दसैँको मुखमा स्वदेशको सम्झना र थुप्रै माया बोकेर मञ्चमा उभिनेछौँ ।”

क्यानाडाको तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गीतारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिने जनाइएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ९ : २२ बजे

३ महिनामा आयो साढे ५ खर्ब बढी रेमिट्यान्स

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालमा ५ खर्ब

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाइने

काठमाडौं– सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी)

दुर्गा प्रसाईं पनि दलीय राजनीतिमा, दर्ता गर्दै ‘नागरिक बचाउ दल नेपाल’

काठमाडौं- नेकपा माओवादी केन्द्र हुँदै नेकपा एमालेको केन्द्रीय सदस्यतसमेत रबनेका

ओझेलमा रेशमखेती

विराटनगर– विविध कारणले सुनसरीको इटहरी नगरपालिकामा हुने रेशमखेती ओझेलमा परेको

ओलीको जिकिर : एमाले देशकै ठूलो पार्टी हो, चुनावबाट भाग्‍ने लुते कुरा गर्दैन

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको शान्ति