क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण « Khabarhub

क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ । पालिकाले बिहीबार १२ जनालाई खाद्यान्न वितरण गरेको हो । खाद्यान्नमा चामल, दाल, बदाम, चिनी, अण्डालगायतका सामग्री वितरण गरिएको हो ।

पालिकाले यस वर्ष एक सय दुई जना क्षयरोग सङ्क्रमितलाई वितरण गर्ने जनस्वास्थ्य प्रवर्द्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिए। पालिकाले क्षयरोग मुक्त पालिका बनाउन विभिन्न कार्यक्रम गरिरहेको छ । 

पालिकामा गत वर्ष एक सय ७६ जना नयाँ क्षयरोगका बिरामी फेला परेका थिए । चालु आर्थिक वर्ष २०७८-०८९ मा एक सय ६८ जना बिरामी फेला परेका थिए । पालिकाले क्षयरोग मुक्त पालिका अभियान सञ्चालन गरेपछि बिरामीको निदान बढ्दै गएको उनको भनाइ छ । 

पालिकाले क्षयरोगीमा पनि विपन्न बिरामीलाई खाद्यान्न वितरण गर्ने गरेको छ । गत वर्ष पनि एक सय दुई जनालाई खाद्यान्न वितरण गरिएको थियो, यस वर्ष पनि वितरण गर्ने तयारी रहेको संयोजक रावलको भनाइ छ । 

पालिकाले आगामी पाँच वर्षमा क्षयरोग मुक्त पालिका बनाउने अभियानअन्तर्गत क्षयरोगीलाई सीपमूलक तालिम, विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । ‘गत वर्षबाट क्षयरोग मुक्त पालिका घोषणाका लागि अभियान सञ्चालन भइरहेका छन्’, उनले भने, ‘समुदायमा स्वयंसेविका, युवा, बडघर, जनप्रतिनिधि, शिक्षकलगायतलाई खोज पड्तालमा सघाउन परिचालन गरेका छौँ, टीकापुर अस्पतालसहित वडावडामा रहेका स्वास्थ्य संस्थामा क्षयरोगको औषधि उपलब्ध छ ।’

यसका साथै सङ्क्रमित बिरामी र परिवारका सदस्यलाई सङ्क्रमण रोकथामसम्बन्धी अभिमुखीकरणसमेत भएको छ । क्षयरोग एक जनालाई भएमा परिवार तथा छिमेकमा रहेका अन्यलाई समेत सर्नसक्ने भएकाले पालिकाले परिवारका सदस्यलाई सङ्क्रमण रोकथामबारे जानकारी दिन थालेका छ । वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले अझै क्षयरोग निदानका लागि सबै जिम्मेवार व्यक्ति लाग्नुपर्ने बताए। ‘लक्षण देखिएकालाई अनिवार्य परीक्षणमा पठाऔँ, उपचार निःशुल्क हुन्छ’, उनले भने, ‘निदान तथा न्यूनीकरणका लागि सबै जिम्मेवार बन्नुपर्छ ।’

नगर प्रमुख रामलाल डगौरा थारुले क्षयरोगले मानिसको ज्यान जानसक्ने भएकाले परीक्षण र सेवा लिन लापरवाही नगर्न आग्रह गरे। ‘रोग लुकाएर नबसौँ, उपचार निःशुल्क हुन्छ, अति विपन्नलाई पालिकाले गर्ने अन्य सहयोगका कार्यक्रम पनि छन्’, उनले भने, ‘थप परीक्षणका लागि बाहिर जानुपरे पनि पालिकाले सघाउँछ । टीकापुर अस्पतालमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा सेवाबाट पनि धेरै सेवा पाइन्छन् ।’ दसैँको मुखमा पोषणका लागि खाद्यान्न पाएपछि सङ्क्रमित परिवार खुसी भएका छन् । 

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १० : १४ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका