क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण « Khabarhub

क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ । पालिकाले बिहीबार १२ जनालाई खाद्यान्न वितरण गरेको हो । खाद्यान्नमा चामल, दाल, बदाम, चिनी, अण्डालगायतका सामग्री वितरण गरिएको हो ।

पालिकाले यस वर्ष एक सय दुई जना क्षयरोग सङ्क्रमितलाई वितरण गर्ने जनस्वास्थ्य प्रवर्द्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिए। पालिकाले क्षयरोग मुक्त पालिका बनाउन विभिन्न कार्यक्रम गरिरहेको छ । 

पालिकामा गत वर्ष एक सय ७६ जना नयाँ क्षयरोगका बिरामी फेला परेका थिए । चालु आर्थिक वर्ष २०७८-०८९ मा एक सय ६८ जना बिरामी फेला परेका थिए । पालिकाले क्षयरोग मुक्त पालिका अभियान सञ्चालन गरेपछि बिरामीको निदान बढ्दै गएको उनको भनाइ छ । 

पालिकाले क्षयरोगीमा पनि विपन्न बिरामीलाई खाद्यान्न वितरण गर्ने गरेको छ । गत वर्ष पनि एक सय दुई जनालाई खाद्यान्न वितरण गरिएको थियो, यस वर्ष पनि वितरण गर्ने तयारी रहेको संयोजक रावलको भनाइ छ । 

पालिकाले आगामी पाँच वर्षमा क्षयरोग मुक्त पालिका बनाउने अभियानअन्तर्गत क्षयरोगीलाई सीपमूलक तालिम, विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । ‘गत वर्षबाट क्षयरोग मुक्त पालिका घोषणाका लागि अभियान सञ्चालन भइरहेका छन्’, उनले भने, ‘समुदायमा स्वयंसेविका, युवा, बडघर, जनप्रतिनिधि, शिक्षकलगायतलाई खोज पड्तालमा सघाउन परिचालन गरेका छौँ, टीकापुर अस्पतालसहित वडावडामा रहेका स्वास्थ्य संस्थामा क्षयरोगको औषधि उपलब्ध छ ।’

यसका साथै सङ्क्रमित बिरामी र परिवारका सदस्यलाई सङ्क्रमण रोकथामसम्बन्धी अभिमुखीकरणसमेत भएको छ । क्षयरोग एक जनालाई भएमा परिवार तथा छिमेकमा रहेका अन्यलाई समेत सर्नसक्ने भएकाले पालिकाले परिवारका सदस्यलाई सङ्क्रमण रोकथामबारे जानकारी दिन थालेका छ । वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले अझै क्षयरोग निदानका लागि सबै जिम्मेवार व्यक्ति लाग्नुपर्ने बताए। ‘लक्षण देखिएकालाई अनिवार्य परीक्षणमा पठाऔँ, उपचार निःशुल्क हुन्छ’, उनले भने, ‘निदान तथा न्यूनीकरणका लागि सबै जिम्मेवार बन्नुपर्छ ।’

नगर प्रमुख रामलाल डगौरा थारुले क्षयरोगले मानिसको ज्यान जानसक्ने भएकाले परीक्षण र सेवा लिन लापरवाही नगर्न आग्रह गरे। ‘रोग लुकाएर नबसौँ, उपचार निःशुल्क हुन्छ, अति विपन्नलाई पालिकाले गर्ने अन्य सहयोगका कार्यक्रम पनि छन्’, उनले भने, ‘थप परीक्षणका लागि बाहिर जानुपरे पनि पालिकाले सघाउँछ । टीकापुर अस्पतालमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा सेवाबाट पनि धेरै सेवा पाइन्छन् ।’ दसैँको मुखमा पोषणका लागि खाद्यान्न पाएपछि सङ्क्रमित परिवार खुसी भएका छन् । 

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १० : १४ बजे

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन

अमेरिका पक्षधर देशले हर्मुजमा कठिनाइको सामना गर्नुपर्ने इरानको चेतावनी

तेहरान- इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना

हराएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६५ थान मोटरसाइकल

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

काठमाडौं- मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक