डुङ्गाको तीव्र गतिका कारण उत्तर एटलान्टिकमा पाइने ‘राइट ह्वेल’ खतरामा | Khabarhub Khabarhub

डुङ्गाको तीव्र गतिका कारण उत्तर एटलान्टिकमा पाइने ‘राइट ह्वेल’ खतरामा


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकाको पूर्वी तटमा रहेका अधिकांश ठूला डुङ्गाहरू उत्तर एटलान्टिक महासागरमा चल्दा ‘राइट ह्वेल’ को सुरक्षामा खतरा देखिएको छ ।

करिब ३४० वटा मात्र बाँकी ‘राइट ह्वेल’ का लागि बनाइएका ‘स्लो जोन’ मा तीव्र गतिमा गुड्ने डुङ्गाले ठक्कर दिँदा घाइते हुने वा मृत्युसमेत हुनेगरेको रिपोर्ट आएको छ ।

गैरनाफामूलक संस्था ओसियानाद्वारा बिहीबार प्रकाशित डुङ्गाहरूको अनुगमन तथ्याङ्कमा आधारित नयाँ विश्लेषणअनुसार यो प्रजातिलाई लोप हुनबाट जोगाउन कडा सुरक्षा र अधिक प्रवर्तनको लागि आह्वान गरिएको छ ।

ओसियानाका अभियान निर्देशक गिब ब्रोगनले भने, “डुङ्गाहरू तीव्र गतिमा ओहोरदोहोर गरिरहेका र यसले ह्वेलहरू मरिरहेका छन् ।”

ह्वेल प्रजातिका लागि मृत्युको दुई प्रमुख कारणमध्ये माछा मार्ने जाल वा बल्छीसँगै डुङ्गाको ठक्कर पनि एक हो । ठक्करहरूले ह्वेलका शरीरमा लाग्ने चोट वा उनीहरूका पखेटा भाँचिने र असहाय भई मर्ने गरेका रिपोर्टहरू बाहिरिएका छन् ।

सन् २००८ देखि अमेरिकाको ‘नेशनल ओशनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसन (एनओएए)’ ले ह्वेलको उपस्थिति हुने सम्भावना भएका क्षेत्रमा ६५ फिट (१९.८ मिटर) वा सोभन्दा लामो दूरीका जहाजका लागि गति सीमा तोकेको छ ।

तर, सन् २०२० को नोभेम्बरदेखि सन् २०२२ को जुलाईसम्म ८४ प्रतिशत अनिवार्य क्षेत्र र ८२ प्रतिशत स्वेच्छिक क्षेत्रहुँदै यात्रा गरेको संकलित तथ्याङ्कले देखाएको छ ।

“यो सरकारबाट न्यूनतम जरिवानाको जोखिम र बन्दरगाहमा निर्धारित समयभन्दा आफ्नो कार्गो ढिलो पुग्दा लाग्ने जरिवानालाई जोगाउनको लागि जहाजले लिने उच्च गतिका कारण ‘राइट ह्वेल’ असुरक्षित बनेको मछुवाहरूले बताएका छन्,” ब्रोगनले एएफपीसँग भने ।

नोभेम्बर २०२१ देखि जुलाई २०२२ सम्म गरिएको गति सीमाभन्दा बढी नौ हजार ३५८ जहाजले यात्राको गतिको सीमा उल्लङ्घन गरेकोमा एनओएएले केवल ४६ वटा जहाजहरूलाई मात्र जरिवाना तिराएको थियो । उनीहरूलाई औसत १५ हजार ६०० अमेरिकी डलर जरिवाना तोकिएको थियो ।

६० फिट (१८ मिटर) लम्बाइसम्म बढ्न सक्ने र मानवसरहको आयु हुने ‘राइट ह्वेल’को सङ्ख्या कुनै समय २० हजारसम्म पुगेको अनुमान गरिएको छ ।

यो प्रजातिमा पाइने बाक्लो बोसो र प्लास्टिक सहज रूपमा नपाइने समयमा यसको विकल्पका रूपमा प्रयोग गरिने भएकोले ह्वेल शिकारीहरूको छनोट ‘राइट व्हेल’ नै हुन्थ्यो किनकि यसबाट उनीहरूले मनग्गे पैसा कमाउँथे ।

बिसौँसांैं शताब्दीको मध्यसम्ममा उत्तरी एटलान्टिक महासागरमा राइट ह्वेलको व्यावसायिक शिकारमा प्रतिबन्ध लगाइएको थियो, जसले गर्दा सन् २०१० सम्ममा उनीहरूको सङ्ख्यामा ४८३ पुगेको थियो । तथापि, सन् २०१७ देखि तिनीहरूले ‘असामान्य मृत्युदर’ अनुभव गरिरहेका छन् ।

गत फेब्रुअरीमा मध्य एटलान्टिक भर्जिनिया तटमा २० वर्षीय एक युवा ह्वेलको मेरुदण्ड भाँचिएको अवस्थामा समुद्रमा डुबेर मृत्यु भएको थियो ।

जनसङ्ख्या पहिले देखि नै यति कम भएकोले, थोरै मृत्युले पनि उनीहरूको सङ्ख्यामा नकारात्मक असर देखिन सक्छ ।

ह्वेलको बच्चा जन्माउने दर पनि आमाहरूमा दीर्घकालीन तनावको परिणामस्वरूप कम भएको छ, र जलवायु परिवर्तनको परिणामस्वरूप उनीहरूको परम्परागत खाना सङ्कलनका लागि डुल्ने आधारहरू परिवर्तन भइरहेका छन् ।

ओसियानाको रिपोर्टले ह्वेलको हालको वितरणलाई प्रतिबिम्बित गर्न ढिलो–क्षेत्रहरू अद्यावधिक गर्न, स्वैच्छिक गति सीमाको अन्त्य गर्न र ३५ फिट लामो जहाजहरूमा सुरक्षा नियमहरू विस्तार गर्न आह्वान गरेको छ ।

ब्रोगनले भने, “‘राइट ह्वेल’ प्रजातिहरू बचाउन हामीले के गर्न आवश्यक छ थाहा छ । त्यसैले उनीहरूको सुरक्षाका लागि यो उपाय अवलम्बन गर्नु आवश्यक छ र उनीहरूको सङ्ख्या बढाउनु आवश्यक छ ।”

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १ : २३ बजे

संसद्को अवरोध चाँडै हट्छ : विष्णु पौडेल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले

सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेल सम्मानित

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र

साधारणीकरण सञ्चार ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठीको तयारी पूरा

काठमाडौं – काठमाडौं विश्वविद्यालय (केयू)को भाषा तथा आमसञ्चार विभागले आइतबार

सडक डिभिजनले भन्यो : बालेनले कानुनी राज्यको उपहास गरे

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यलय प्रवेशद्वारमा फोहोर फालेको भन्दै

देशमा संविधान र विधिको शासन हुनुपर्दछ : पूर्वराष्ट्रपति यादव

कास्की – पूर्वराष्ट्रपति डा रामवरण यादवले देशमा संविधान र विधिको