बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको मृत्यु « Khabarhub

बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको मृत्यु


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बझाङ- बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अरु पाँच जना घाइते भएका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जीप दुर्घटनामा परी घाइते भएका सोही वडा बुड्खोरीका २५ वर्षीय रेशम महत (इनार) को मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख वरिष्ठ नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नं को जीप ब्रेक फेल भएर खोरी र नौराकोबीच सडकमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए । गम्भीर घाइते भएका महतको उपचारका लागि जिल्ला अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको उपरीक्षक शाहले जानकारी दिए ।

उहाँका अनुसार महतको उनको टाउको र कम्मरमा चोट लागेको थियो । दुर्घटनामा परी घाइते हुने एकै गाउँ बुड्खोरीका रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र नीरन धामी रहेका छन् ।

त्यस्तै वर्ष २२ वर्षीय प्रकाश धामीको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गाडीमा चालक विनोद धामीसहित नौ जना सवार थिए । चालक धामीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रमुख शाहले जानकारी दिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ६ : ५२ बजे

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक