सिओएएस इन्टरनेशनल ट्राई एडभेञ्चर सम्पन्न | Khabarhub Khabarhub

सिओएएस इन्टरनेशनल ट्राई एडभेञ्चर सम्पन्न


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाको आयोजनामा स्वदेशी तथा विदेशी टिमहरुको सहभागितामा सिओएस इन्टरनेशनल ट्राई एडभेञ्चरको छैटौँ संस्करण आज सम्पन्न भएको छ ।

धादिङको बैरेनीदेखि चरौदीसम्म सञ्चालन भएको उक्त प्रतियोगिताअन्तर्गत ६.७ किलोमिटर दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटर र्‍याफटिङ समावेश भएको थियो ।
प्रतियोगितामा नेपाली सेनाका एउटा महिला टोलीसहित चार समूह, भारतीय सेनाका दुई समूह, बेलायत र अमेरिकाका एक–एक समूूह गरी २१ टोलीका ८४ जना खेलाडीले भाग लिएका थिए ।

प्रतियोगितामा नेपाली सेनासहित स्वदेशी १७ र चार वटा विदेशी टोलीबीच भएको स्पर्धामा त्रिभुवन आर्मी क्लबको ए टीम प्रथम भएको छ । उक्त समूहले ४३।७ किलोमिटरको तीन विधाको प्रतिस्पर्धा दुई घण्टा १२ मिनेट २३ सेकेण्डमा पूरा गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाकै त्रिभुवन आर्मी क्लबको ए टीमले दुई घण्टा १४ मिनेट २३ सेकेण्डमा सो दूरी पूरा गरेर दोस्रो स्थान हासिल गरेको छ ।

नेपाली सेनाको महिलाको टोलीले भने सोही स्पर्धा दुई घण्टा ५७ मिनेट ११ सेकेण्डमा पूरा गरेर महिलातर्फ पहिलो स्थान हासिल गरेको छ । युनाटेड फिक्कल माउन्टेन बाइक स्क्वाड सोही दूरी तीन घण्टा ३४ मिनेट ५ सेकेण्डमा पूरा गरेर दोस्रो भएको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार २०७१ सालदेखि प्रारम्भ भएको उक्त प्रतियोगितामा २०७४ मा विदेशी टोली पनि सहभागी हुन थालेको हो । यसअघिका स्पर्धामा बङ्गलादेश, पाकिस्तान, मालदिभ्स र श्रीलङ्काली टोलीले पनि भाग लिएका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ७ : ३४ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ