एकदिवसीय विश्वकप २०२७ : फरक संरचना भिन्न शैली | Khabarhub Khabarhub

एकदिवसीय विश्वकप २०२७ : फरक संरचना भिन्न शैली


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


28.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकदिवसी विश्वकप २०२३ सकियो । भारतमा आयोजना भएको यो विश्वकपमा आयोजकलाई हराउँदै अस्ट्रेलियाले कीर्तिमानी छैटौं पटक उपाधि जित्यो ।

क्रिकेट पे्रमिहरुका लागि अब सन् २०२७ मा हुने विश्वकपका बारेमा चासो लाग्न सक्छ । आउँदो एकदिवसीय विश्वकप अहिलेको भन्दा केही फरक शैलीमा आयोजना हुनेछ ।

यो विश्वकपमा १० राष्ट्रले मात्र सहभागीता जनाएका थिए । तर, आउँदो विश्वकपमा १४ राष्ट्रले खेल्नेछन् । दक्षिण अफ्रिका, जिम्बावे र नामिबिया तीन राष्ट्रले आयोजना गर्न लागेको यो विश्वकपमा नामिबिया आयोजकको रुपमा डेब्यू गर्नेछ । दक्षिण अफ्रिका र जिम्बावेले भने सन् २००३ को विश्वकप आयोजना गरेका थिए ।

आउँदो विश्वकपमा दक्षिण अफ्रिका र जिम्बावे आयोजकका हैसियतमा विश्वकप खेल्ने पक्का भएपनि नामिबिया विश्वकप खेल्ने निश्चित भइसकेको छैन् । आईसीसीको एसोसिएट राष्ट्र भएका कारण नामिबिया आयोजकका हैसियतामा छनोट हुने नहुने अहिले नै निश्चित भएको छैन् । नामिबियाले विश्वकप छनोट प्रकृया पार गरेपछि मात्रै खेल्न पाउने छ अन्यथा आयोजक भएपनि नामिबिया विश्वकप बाहिर रहनसक्नेछ ।

आउँदो विश्वकपमा आयोजकको हैसियतले २ राष्ट्र छनोट हुँदा आईसीसीको शीर्ष वरियतामा रहने ८ राष्ट्र पनि स्वतः छनोट हुनेछन् । बाँकी ४ राष्ट्रले विश्वकप छनोटका विभिन्न चरण पार गरेपछि मात्रै विश्वकपमा सहभागिता जनाउन पाउनेछन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ५ : ०५ बजे

अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य आवश्यक : अध्यक्ष मल्ल

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको

नेपाल बैंक र एक्जिम बैंकबीच आयात निर्यात व्यापार सम्झौता

काठमाडौं – नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच आयात

‘द आर्चिज’बाट को–कस्ले गर्दैछन् डेब्यु ?

काठमाडौं – द आर्चिजबाट कयौँ स्टार किड्ज आफ्नो एक्टिङ डेब्यु

एनसेलको खरिदबिक्री छानबिन गर्न समिति गठन हुने

काठमाडौं – एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे विस्तृत छानबिन गर्न समिति

‘एनिमल’ले शाहरुखको ‘पठान’लाई उछिन्यो

काठमाडौं – रणवीर कपुर स्टारर ‘एनिमल’ले प्रदर्शनको तीन दिनमा भारतीय