देउसीभैलोको रकम भूकम्पपीडितलाई | Khabarhub Khabarhub

देउसीभैलोको रकम भूकम्पपीडितलाई


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँको व्यास नगरपालिका–४ वीरता टोल विकास संस्थाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम भूकम्पपीडितलाई सहयोग गरेको छ । तिहारमा देउसी खेलेर सङ्कलित रु १० हजार ५५ संस्थाले जाजरकोट भूकम्पपीडितका लागि सहयोग गरेको हो ।

भूकम्प प्रभावित जनसमुदायको पीडामा मलमपट्टी लगाउने उद्देश्यले संस्थाले थोरै भए पनि सहयोग गरेको अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त रकमको भौचर आज प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई हस्तान्तरण गरिएको छ ।

टोल विकास संस्थाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम सामाजिक काममा सहयोग गर्नु सकारात्मक रहेको संस्थाका सल्लाहकार श्रीराम कार्कीले बताए।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ९ : ०४ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ