गृहमन्त्री भन्छन्- ‘मिडियाको हेडलाइन बदल्न सक्दिन, पुराना फरारहरु समातिन्छ्न्’ « Khabarhub

गृहमन्त्री भन्छन्- ‘मिडियाको हेडलाइन बदल्न सक्दिन, पुराना फरारहरु समातिन्छ्न्’


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछानेले सञ्चारमाध्यमप्रति असन्तुष्टि जनाएका छन् ।

हत्याअभियोग लागेर फरार सांसद संसदमै उपस्थित हुँदासमेत गृहमन्त्री मुख दर्शक बनेको भन्दै आलोचना भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत अभियुक्त समातिने बताएका हुन्। यसअघि मन्त्रालयले एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्रन प्रहरीलाई निर्देशन दिएको थियो।

प्रतिनिधिसभामा बिहीबार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कोइरी पक्राउ नपरेकोसम्बन्धमा गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएका थिए। ‘पुराना फरारहरु समातिन्छन् मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।’ उनले लेखेका छन्, ‘हिजो बोलेका शब्द-शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरूको हेक्का छ।’ लामिछानेले टेलिभिजनमा बोलेका कुराहरु अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्।

हिजो पत्रकार हुँदा नेता र सरकारको खेदो खन्ने अहिले आफू जिम्मेवारीमा पुग्दा स्टन्टबाजी र पुरानै नेताको जस्तो हबिगत देखिएको भन्दै विरोध भइरहेको छ। त्यतिमात्र होइन उनले पत्रकारिताप्रति नै असन्तुष्टि जनाएका छन्। ‘मिडियाको हेडलाइन म बदल्न सक्दिन तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु। धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ!!’ लेखेका छन्।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ८ : ५१ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा