पश्चिम नेपालको प्रवेशद्धार ‘नेपालगञ्ज ट्रान्जिट’ « Khabarhub

वेष्टर्न ट्राभल मार्ट

पश्चिम नेपालको प्रवेशद्धार ‘नेपालगञ्ज ट्रान्जिट’

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम जोड्ने ‘सर्किट’


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पश्चिम नेपाल सम्भावनाले भरिएको क्षेत्र हो। तर काठमाडौँको दृष्टिकोण अहिले पनि पश्चिम भनेकै पोखरा र लुम्बिनी मात्रै हो भन्ने बुझाई छ। यो बुझाईलाई चिर्न र पश्चिम नेपालका सुन्दर पर्यटकीय गन्तव्य विश्वभर चिनाउन यसपटक पनि दोस्रो संस्करणको वेष्टर्न ट्राभल मार्ट आयोजना गरिएको छ।

माघ १५ गतेदेखि १७ गतेसम्म हुने ट्राभल मार्ट नेपालगञ्जमा हुँदैछ। ‘गेटवे अफ वेष्ट नेपाल’ अर्थात पश्चिम नेपालको प्रवेशद्धार नारा दिँदै यसपटक दोस्रो संस्करणको वेष्टर्न ट्राभल मार्ट आयोजना गर्न लागिएको हो।

नाट्टा बाँके च्याप्टरको आयोजनामा हुने मार्टलाई पर्यटन बोर्डले सहयोग गरेको छ। यसपटकको मार्टमा भारतबाट झण्डै एक सय जना पर्यटन व्यवसायी आउँदैछन्। उनीहरुको विशेष बैठक पनि नेपालगञ्जमा आयोजना गरिएको छ।

यसपटकको मार्टले विशेष रुपमा नेपालगञ्ज–मानसरोवर हवाई उडान गर्दैछ। मानसरोवर दर्शनका लागि बुद्ध एयरमार्फत नेपालगञ्ज–मानसरोवर माउन्टेन फ्लाइन गर्न लागिएको हो। यो उडानले पश्चिम नेपालको पर्यटनलाई हवाईमार्गमार्फत जोड्ने र दृश्यावलोकनका लागि सहज बनाउने अपेक्षा राखिएको छ।

यसबाहेक बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जको जंगल सफारी, कर्णाली नदीमा र्‍याफ्टिङ, रारा तथा शे–फोक्सुन्डो तालको भ्रमणदेखि सुदूरपश्चिमको खप्तड र बडिमालिकाको समेत प्याकेज टूर सार्वजनिक गर्ने तयारी छ।

मार्टमा सातै प्रदेशका पर्यटन व्यवसायी, पर्यटन अभियान्ता र पर्यटन सरोकारवालाको सहभागिता रहनेछ। यसपटकको मार्टले पश्चिम नेपालको पर्यटनलाई नयाँ उचाईमा लिने आयोजक नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल बताउँछन्।

‘हाम्रो उद्देश्य भनेकै पश्चिम नेपाल चिनाउने हो। यसका लागि यसपटक दोस्रोसंस्करणको मार्ट गर्दछौँ’ उनले भने, ‘मानसरोवर फ्लाइट सुरुवात हुने भएपछि यसले भारतीय लगायत विश्वबजारबाट आउने पर्यटकलाई मानसरोवर हेर्न जान सहज हुनेछ।’

नेपालगञ्ज ट्रान्जिट किन ?

पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्ण श्रेष्ठका अनुसार नेपालगञ्ज पश्चिम नेपालको प्रमुख सहर हो। कर्णाली र सुदूरपश्चिम प्रवेशका लागि राजधानी काठमाडौँदेखि पहिलो टेकिने ठाउँ नै नेपालगञ्ज वा कोहलपुर हो।

भारतबाट ठूलो संख्यामा आउने पर्यटकको पहिलो गन्तव्य नेपालगञ्ज पर्छ। जहाँ बागेश्वरी मन्दिर छ। बागेश्वरी मन्दिरले नेपालगञ्ज बासी धेरैका इच्छा आकांक्षा पूरा गर्ने गरेको धार्मिक विश्वास छ। नेपालगञ्जपछि भारतीय पर्यटक मानसरोवर वा काठमाडौँको पशुपति दर्शन गर्न पुग्छन्।

दाङ, रोल्पादेखि पश्चिमका सबै जिल्लाका लागि नेपालगञ्ज प्रमुख व्यापारिक केन्द्र हो। सामान किनबेचदेखि औषधि उपचार गर्न पनि आम मानिसहरु नेपालगञ्ज पुग्छन्। नेपालगञ्जको विकासले नै पश्चिम नेपालको बजार विस्तार भएको मानिन्छ।

नेपालगञ्जपछि नै सुर्खेत र धनगढी बजार ठूलो मानिन्छ। व्वापारिक बजार, पर्यटनदेखि शिक्षा र स्वास्थ्यका हिसाबले पनि नेपालगञ्ज पश्चिम नेपालको प्रमुख ‘ट्रान्जिट’ हो।

यसपटक यो ट्रान्जिट पर्यटन क्षेत्रका लागि विशेष हुनेछ। पश्चिम नेपालको पर्यटन प्रवर्द्धनमा प्रमुख भूमिका नेपालगञ्जका पर्यटन व्यवसायी, सरोकारवालादेखि सबैको साथ सहयोगमा कर्णाली र सुदूरपश्चिमको पनि सहयोग रहने अपेक्षा छ।

गएको वर्षदेखि सुरु भएको वेष्टर्न ट्राभल मार्टले पश्चिम नेपालमा मात्रै लाखौँ पर्यटक भित्र्याउने उद्देश्य राखेको छ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १२ : ०० बजे

विपद् उद्धारका लागि थप २० गोताखोर प्रहरी तयार

काठमाडौँ – सरकारको उद्देश्यअनुरुप सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोताखोर

गण्डकीका खेलाडीको लगत संकलन गरिने

कास्की – प्रदेश खेलकुद परिषद्ले गण्डकीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता

भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

नयाँ दिल्ली – भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल

भारतसँग ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड

नयाँ दिल्ली – भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

रूसको पछिल्लो आक्रमणबाट तीन जनाको मृत्यु, १० घाइते

किभ – रुसले बिहीबार युक्रेनको राजधानी किभमा हवाई आक्रमण गरेको