महिला राष्ट्रिय टी-२० क्रिकेटको उपाधि सुदूरपश्चिमलाई | Khabarhub Khabarhub

महिला राष्ट्रिय टी-२० क्रिकेटको उपाधि सुदूरपश्चिमलाई


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीको इटहरी उपमहानगरपालिकास्थित जनता माविको खेलमैदानमा आज सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । फाइनल खेलमा घरेलु टोली प्रदेश नं १ लाई छ विकेटले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो । प्रदेश नं १ ले दिएको एक सय दुई रनको लक्ष्य पाएको सुदूरपश्चिमले एक बल बाँकी छँदा लक्ष्य पूरा गरेको थियो ।

सुदूरपश्चिमको जितका लागि अन्तिम ओभरमा आठ रन आवश्यक आवश्यक थियो । जसमा ओभरको दोस्रो बलमा कविता कुँवरले छक्का प्रहार गरी टिमलाई विजयी बनाइन् । खेलको सुरुआतमा राम्रो प्रदर्शन नसकेको सुदूरपश्चिमको खेल मध्यक्रमका ब्याटर सम्झना खड्का र डली भट्टले सम्हालेका थिए । सम्झनाले ३३ बलमा दुई चौकासहित अविजित २७ रन बनाउँदा डलीले १६ बलमा एक चौका र दुई छक्कासहित २२ रनको योगदान दिएकी थिइन् । कविता १९ रनमा अविजित भइन् । बलिङतर्फ सवनम राई, हिरनमई रोय, रुविना क्षेत्री र संगीता राईले १(१ विकेट लिएका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नं १ ले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो । प्रदेश नं १ का लागि ओपनर काजल श्रेष्ठ र कप्तान रुविनाले ३६ रनको सुरुआती साझेदारी गरेका थिए ।

रुविना १४ रन बनाएर आउट भएपछि अप्सरी बेगम र  काजलले दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । अप्सरी १५ रन बनाएर आउट भएकी थिइन् । विजयी भएको सुदूरपश्चिमले नगद पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बुझाएको प्रदेश नं १ ले रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : ०८ बजे

दीपावलीको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- दोस्रो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेलाउने गरी

१५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी, गृह र ऊर्जामन्त्री गर्दैछन् कसरत

काठमाडौं- एक साताअगाडि नै सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेपनि

तिहारमा सेल पकाउने प्रतियोगिता

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ ।

सामूहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते

सिरहा– यहाँको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक