राष्ट्रपति पदमा कांग्रेसले जित्नुपर्छ : शेखर कोइराला « Khabarhub

राष्ट्रपति पदमा कांग्रेसले जित्नुपर्छ : शेखर कोइराला


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले राष्ट्रपति पद लिने भन्दा पनि जित्नुपर्ने बताएका छन्। प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रपति पद कांग्रेस समर्थकले जित्ने जिकिर गरेका हुन्। पार्टीमा सहमति हुने र तत्काल राष्ट्रपति पदको उम्मेदवार हुने यही नै बेला हो भन्ने नआइसकेको उनको भनाइ थियो।

नेता कोइरालाले भने, ‘राष्ट्रपतिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को प्रमुख भूमिका रहन्छ, हामीले माओवादीका नेताहरूसँग सल्लाह र घनिभूत छलफल गरिरहेका छौँ, नेपाली कांग्रेसले उक्त पदमा उम्मेदवार दिन्छ र त्यो उम्मेदवारले जित्छ तपाईँ ढुक्क हुनुस्।’ दल बाहिरको व्यक्ति राष्ट्रपति पदको उम्मेदवार भए राष्ट्रिय सहमति निकाल्न सकिने पनि उनले बताए।

उनले भने, ‘एक वर्षमा हुनुपर्ने पार्टीका काम हुन सकेका छैनन्,सङ्गठनलाई मजबुत बनाउन सकिएन भने आगामी निर्वाचनको नतिजा अर्कै हुनेछ त्यसैले पार्टीलाई बलियो बनाउनु पर्दछ।’ लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसले जनतासँग सहकार्य गर्नुपर्ने र देशको विकास तथा समृद्धिका लागि हरेक विषयमा जनतालाई जोडेर लगे लोकतन्त्र सुदृढ, सुशासन, पारदर्शिता हुनाका साथै  दलप्रति जनताको विश्वास रहने नेता कोइरालाको भनाइ थियो।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १२ : १३ बजे

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज