नेपाल पर्यटन श्रमिक सङ्घको अध्यक्षमा लामिछाने निर्वाचित « Khabarhub

नेपाल पर्यटन श्रमिक सङ्घको अध्यक्षमा लामिछाने निर्वाचित


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस निकट नेपाल पर्यटन श्रमिक सङ्घको अध्यक्षमा ईश्वरप्रसाद लामिछाने निर्वाचित भएका छन्। सङ्घको सोमबार राति सम्पन्न तेस्रो महाधिवेशनले उनको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

सङ्घको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण गुरुङ, उपाध्यक्षमा केशव मैनाली, लोकबहादुर गुरुङ र मिलन अधिकारी, महासचिवमा प्रकाश रिजाल र टेकबहादुर गुरुङ, उपमहासचिवमा दिपेन्द्र धरेल र सुरज तामाङ, कोषाध्यक्षमा नवराज सुवेदी क्षेत्री र सह कोषाध्यक्षमा सुर्चबहादुर तामाङ निर्वाचित भएका हुन्।

यस्तै सदस्यमा टोपनारायण श्रेष्ठ, लोकबहादुर रावल, हरि अधिकारी, दीपक रेग्मी सौगात गुरुङ, पवन तामाङ, राहुल तामाङ, कृष्ण थापा, विकास नगरकोटी, दिलमान गुरुङ, राजेश्वर अम्गाईँ र सुजल गुरुङ निर्वाचित भएकाे निर्वाचन समितिका सदस्य रुपेशराज सिग्देलले जानकारी दिए। सङ्घको सल्लाहकारमा निवर्तमान अध्यक्ष दिपेन्द्र (कपील) पाण्डेलाई चयन गरिएको छ।

पर्यटन क्षेत्रमा कार्यरत मजदुर मिलेर विसं २०६६ सालमा स्थापना गरिएको उक्त सङ्घमा हाल एक हजार ४०० पदयात्री, आरोही, जलयात्री, ‘टुर’ जङ्गल सफारी गाईडलगायत आबद्ध छन्।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १२ : ५० बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड