नेपाल पर्यटन श्रमिक सङ्घको अध्यक्षमा लामिछाने निर्वाचित « Khabarhub

नेपाल पर्यटन श्रमिक सङ्घको अध्यक्षमा लामिछाने निर्वाचित


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस निकट नेपाल पर्यटन श्रमिक सङ्घको अध्यक्षमा ईश्वरप्रसाद लामिछाने निर्वाचित भएका छन्। सङ्घको सोमबार राति सम्पन्न तेस्रो महाधिवेशनले उनको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

सङ्घको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण गुरुङ, उपाध्यक्षमा केशव मैनाली, लोकबहादुर गुरुङ र मिलन अधिकारी, महासचिवमा प्रकाश रिजाल र टेकबहादुर गुरुङ, उपमहासचिवमा दिपेन्द्र धरेल र सुरज तामाङ, कोषाध्यक्षमा नवराज सुवेदी क्षेत्री र सह कोषाध्यक्षमा सुर्चबहादुर तामाङ निर्वाचित भएका हुन्।

यस्तै सदस्यमा टोपनारायण श्रेष्ठ, लोकबहादुर रावल, हरि अधिकारी, दीपक रेग्मी सौगात गुरुङ, पवन तामाङ, राहुल तामाङ, कृष्ण थापा, विकास नगरकोटी, दिलमान गुरुङ, राजेश्वर अम्गाईँ र सुजल गुरुङ निर्वाचित भएकाे निर्वाचन समितिका सदस्य रुपेशराज सिग्देलले जानकारी दिए। सङ्घको सल्लाहकारमा निवर्तमान अध्यक्ष दिपेन्द्र (कपील) पाण्डेलाई चयन गरिएको छ।

पर्यटन क्षेत्रमा कार्यरत मजदुर मिलेर विसं २०६६ सालमा स्थापना गरिएको उक्त सङ्घमा हाल एक हजार ४०० पदयात्री, आरोही, जलयात्री, ‘टुर’ जङ्गल सफारी गाईडलगायत आबद्ध छन्।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १२ : ५० बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको