‘जैविक विविधताबाट समृद्ध मुलुक बनाउन सकिन्छ’ « Khabarhub

‘जैविक विविधताबाट समृद्ध मुलुक बनाउन सकिन्छ’


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको जैविक विविधताकाबारेमा अध्ययन अनुसन्धान हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । नेपाल इन्जिनियरिङ कलेज (नेक) प्राकृतिक श्रोत व्यवस्थापन संकायको आयोजनामा राजधानीमा सुरु भएको फिल्ड कोर्स अन कन्जरभेसन वायोलोजी एण्ड ग्लोबल हेल्थ विषयको पाँंचदिने तालिमको उदघाटन समारोहमा यस विषयमा जोड दिइएको हो ।

कार्यक्रममा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका निर्देशक डा महेश्वर ढकालले नेपालका प्राकृतिक श्रोतसाधन र जैविक विविधताका विषयमा अध्ययन अनुसन्धान गर्न विश्वलाई नै आह्वान गर्न सकिने बताए । नेपालका प्राकृतिक श्रोतसाधन तथा जैविक विविधको अध्ययन अनुसन्धानबाटै मुलुकको आर्थिक श्रोत मजबुत बनाउन सकिने सम्भाबना पनि उनले औंल्याए ।

मुलकुको प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको महत्वबारे लामो चर्चा गर्दै उनले प्राकृतिक श्रोतसाधन तथा जैविक विविधमा हामी अनुशाशित हुनुपर्ने बताए । ‘यहाँं अनुशाशितको अर्थ हामी प्राकृतिक श्रोतसाधन तथा जैविक विविधको संरक्षण र सम्वद्र्धनमा इमान्दारितापूर्वक लाग्नु हो’ उनले भने ।

कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा युनिभर्सिटी अफ बासिंगटनबाट आएका मुख्य प्रशिक्षक प्राडा राइन्डल काइजले तालिममा प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको अध्ययन अनुसन्धानको प्रयोगात्मक विधिबारे चर्चा गरे । साथै उनले यस अवसरमा प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको अध्ययन अनुसन्धानका लागि प्रयोग हुने उपकरणबारे पनि जानकारी दिने बताए । साथै उनले तालिममा प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको अनुसन्धानका सैद्धान्तिक कुराकानी पनि जानकारी गराइने बताए ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक लक्ष्मण खनालले छोटा अवधिको तालिमले अनुसन्धानका विविध विषयहरुबारे जानकारी प्राप्त गर्न नसकिने भन्दै यस्ता तालिमको निरन्तरताको आवश्यकताबारे चर्चा गरे ।

आयोजक नेकका भाइस प्रिन्सिपल दुर्गा भण्डारीले प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको अध्ययन अनुसन्धानबाटै मलुकको आर्थिक, शैक्षिक वैज्ञानिक उन्नति गर्न सकिने सम्भाबनाबारे चर्चा गरे । यही कारण कलेजले आफना मात्रै नभई विभिन्न कलेजका विद्यार्थीहरुलाई सहभागी गराई यस्ता कार्यक्रमहरु गर्दै आएको बताए ।

नेकको प्राकृतिक श्रोत व्यवस्थापन संकाय प्रमुख डा नारायण कोजूले प्राकृतिक श्रोत साधनमा विश्वले गरेको अनुभबको आदानप्रदान गरी कार्यक्रम चल्ने जनाए ।

तालिममा पाँंचवटा विश्वविद्यालयका १० वटा शिक्षण सस्थाहरुबाट ४२ विद्यार्थी सहभागी भएको जनाइयो । तालिममा स्नातक उतीर्ण १७ जना र स्नातकोतर अध्ययनरत २५ विद्यार्थी सहभागी भएको जनाइयो ।

तालिमको क्रममा त्रिवि, काठमाडौं विश्वविद्यालय, त्रिवि अन्तरगतका आंगिक क्याम्पस तथा आयोजक नेककै गरी ६ जना विभिन्न विषयका अनुसन्धानकर्मीहरुले अनुसन्धान विधि, प्रयोगबारे जानकारी गराइने बताइयो ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ८ : १० बजे

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने