डुम्रे बेसीशहर सडक आजदेखि दैनिक १२ घण्टा बन्द  « Khabarhub

डुम्रे बेसीशहर सडक आजदेखि दैनिक १२ घण्टा बन्द 


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको सदरमुकाम बेसीशहर जोड्ने एक मात्र डुम्रे बेसीशहर सडक दैनिक १२ घण्टा बन्द हुने भएको छ।

बेसीशहर नगरपालिका १ उदीपुर स्थित देउराली डाँडामा सडक निर्माण कार्य गर्नु पर्ने भएकोले  आजबाट एक महिनाको लागि दैनिक १२ घण्टा सडक बन्द हुने भएको हो।

पहिरो रोकथाम तथा सडक निर्माण कार्य अन्तर्गत स्लोप ट्रमिङ र टेवा पर्खाल निर्माण कार्य गर्नु पर्ने भएकोले शुक्रवार देखि जेठको पहिलो सातासम्म उक्त सडक बन्द हुने भएको हो।

यस अवधिमा यात्रुबहाक सवारी साधनलाई उदीपुर रिठ्ठेबगर जोड्ने बाटो हुँदै चण्डी प्रसादगण डाइभर्सन बाटो प्रयोगमा ल्याइने छ भने माल बाहक सवारी भने उदीपुर बजारमै पूर्ण रुपमा रोक लगाइने छ।

वर्षातको समयमा लामो समय अवरुद्ध बनेको सो सडकमा अस्थायी व्यवस्थापन गरी यातायात सञ्चालन गरे पनि विगत केही महिनादेखि सुख्खा पहिरो खस्दा यातायात प्रभावित भएको हो।

सुख्खा पहिरोका कारण दैनिक जसो अवरुद्ध हुँदै आएको उदिपुर पहिरो पछिल्लो समय थप जोखिम भएको छ। पहिरोका कारण दैनिकजसो यातायात समेत अवरुद्ध हुने गरेको छ।

वर्षातका बेला ठूलो पहिरोका कारण अवरुद्ध बनेको सडक यसअघि निर्वाचनका बेला अस्थायी व्यवस्थापन गरी यातायात सुचारु गरीएको थियो।

निर्वाचन पछि पनि पुनः केही दिन यातायात बन्द गरी थप व्यवस्थित बनाइएको थियो। हाल सवारी साधन आवतजावत गर्नका लागि सडक बने पनि सुख्खा पहिरो खस्ने क्रम सुरु भएकोले दैनिक जसो यातायात अवरुद्ध हुँदै आएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ८ : ५२ बजे

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश