रेड पान्डा संरक्षणमा हातेमालो गर्न समुदायमा अनुरोध « Khabarhub

रेड पान्डा संरक्षणमा हातेमालो गर्न समुदायमा अनुरोध


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रसुवा– प्रतिनिधिसभा सदस्य मोहन आचार्यले लोपोन्मुख रातो हाब्रे ‘रेड पान्डा’ संरक्षणमा सहभागितमूलक तवरले अगाडि बढ्न अनुरोध गरेका छन् ।    वन्यजन्तु सप्ताह समापन कार्यक्रममा उनले चन्दनबारीलगायत लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पाइने रातो हाब्रे संरक्षण एवम् समग्र जैविक विविधता संरक्षण कार्यमा सहभागी भई रसुवाको गरिमा उच्च पार्न आग्रह गरेका हुन् ।

धार्मिक एवं पर्यटकीय क्षेत्र  गोसाइँकुण्ड तथा पार्वतीकुण्ड, लाङ्टाङ, नाकथलीसमेत क्षेत्र पर्यटकीयस्थल रहेको र रसुवामा पाइने रातो हाब्रेलगायत अन्य जनावर संरक्षणले आगन्तुक तथा पाहुनालाई मनमोहक बनाउने  भएका कारण वन वनस्पति एवम् जैविक विविधता संरक्षणलाई पहिलो प्राथमिकतामा राख्नसमेत  सांसद आचार्यले सुझाव दिए ।

हाम्रा हिमाली शृङ्खलालगायत  विविध प्रकारका सम्पदाले भरिपूर्ण एवम् आकर्षक स्थललाई चितवनको सौराह जस्तै अगाडि बढाउन पर्यटन व्यवसायीलाई उनले अनुरोध गरे ।  प्रदेशसभा सदस्यद्वय प्रभात तामाङ र इन्द्रप्रसाद गोतामेले निकुञ्जलगायत समग्र स्थानको जैविक विविधता संरक्षणमा सहभागी हुन आग्रह गरे । 

भलिबल खेलमार्फत रातो हाब्रेको महत्वबारे थप चेतना अभिवृद्धि गराउने उद्देश्यले  लाङ्टाङ राष्ट्रिय निकुञ्जको आयोजना र लाकोस नामक गैससको सहकार्य तथा रसुवाका पाँचवटै गाउँपालिका, जलविद्युत् आयोजना, बैंक वित्तीय संस्थालगायतको सहयोगमा आयोजित वन्यजन्तु सप्ताह कार्यक्रमअन्तर्गत  सम्पन्न भलिबल खेलमा नौकुण्ड गाउँपालिका समूह प्रथम,  धुञ्चेस्थित  अकियास नामक संस्था द्वितीय भएका थिए । सान्त्वना  पुरस्कार भने जुनतारा ग्रे र ठाडे प्रगतिशील युवा क्लबले प्राप्त गरेका थिए ।

प्रथमलाई एक लाख ११ हजार एक सय ११, द्वितीयलाई रु ७७ हजार सात सय ७७ र २२ हजार दुई सय २२ का दरले सान्त्वना पुरस्कार वितरण गरिएको कार्यक्रमका सञ्चालक सदस्य राजकुमार घलेले बताए ।

रसुवाका विभिन्न क्षेत्रका १० समूह भलिबल प्रतियोगितामा सहभागी थिए । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तीन जिल्लाको हिमाली  सेरोफेरोमा फैलिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जमा रातो हाब्रेलगायत ४६ प्रजातिका स्तनधारी जनावर रहेको  बताइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  २ : ५८ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले