राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी तल्लो सदन डुमाका अध्यक्ष भोलोडिनबीच भेटवार्ता « Khabarhub

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी तल्लो सदन डुमाका अध्यक्ष भोलोडिनबीच भेटवार्ता


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसको भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी तल्लो सदन डुमाका अध्यक्ष व्याचेस्लाभ भोलोडिनबीच भेटवार्ता भएको छ ।

रुसी उपल्लो सदनको निमन्त्रणामा रुसको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र डुमाका अध्यक्ष भोलोडिनबीच आज भेटवार्ता भएको हो ।

भेटवार्तामा उनीहरूबीच दुई देशबीच अन्तर–संसदीय सहयोगलाई प्रवर्द्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालयबीच निकट अन्तक्र्रियामार्फत अन्तर–संसदीय सम्बन्धलाई सुदृढ गर्ने विषयमा छलफल भएको अध्यक्षको सचिवालयले जनाएको छ ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले दुई देशको बीचमा विश्वासको वातावरण बढाउन तथा आपसी सहयोग अभिवृद्धि गर्न भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले अन्तर–संसदीय सहयोग बढाउँदै नेपालमा मलखाद तथा गहुँको निर्यात गर्नका लागि रुसले देखाएको रुचिप्रति कृतज्ञता ज्ञापन पनि गरे । उनले नेपालले अन्तर्राष्ट्रिय मामिलामा स्वतन्त्र दृष्टिकोण अवलम्बन गर्दै आएको स्पष्ट पारेका थिए ।

डुमाका अध्यक्ष भोलोडिनले संसदीय अनुभव आदनप्रदानका लागि यस्ता भ्रमणलाई निरन्तरता दिँदै जाने र भविष्यमा निम्तो पाएमा नेपालमा पनि रुसी प्रतिनिधिमण्डल आउन इच्छुक रहेको बताएका थिए ।

यसैगरी अध्यक्ष तिमिल्सिनाले आजै रुसका विभिन्न राजनीतिक दलका नेतृत्वसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । मस्कोस्थित अन्तर्राष्ट्रिय सम्बन्ध संस्थानका विद्यार्थीलाई सम्बोधन गर्ने र रुसमा रहेका गैरआवासीय नेपालीको कार्यक्रमसमेत सहभागी हुनेछन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ५ : १९ बजे

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न