दुबई पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ  « Khabarhub

दुबई पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ 


७ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली वडा नं. ६ कात्तिके देउराली स्थाई घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं. १० कपन आकाशेधारा बस्ने वर्ष २९ को उमेश रिमाल रहेका छन् । 

रिमालले १७ जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै प्रलोभनमा पारी निज पीडितहरूबाट पटक-पटक गरी जम्मा ९,५०,००० रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

प्रहरीले रिमाललाई आज कामपा वडा नं. ३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो । 

पक्राउ परेका उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।                    

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ६ : १५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको