काठमाडौँमा छुट्टाछुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता « Khabarhub

काठमाडौँमा छुट्टाछुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अब जिल्लाको स्थायी ठेगाना भएका सेवाग्राहीको मात्रै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

यसअघि बाहिरी जिल्लाका नागरिकको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विवरण दर्ता गर्ने स्थान तोकिएकामा अब काठमाडौँ बाहिर स्थायी ठेगाना भएका सेवाग्राहीको हकमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि अलग स्थान तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट तोकिएअनुसार नै सम्बन्धित स्थानमा गएर विवरण भर्न पनि काठमाडौँ प्रशासनले अनुरोध गरेको छ । विभागले काठमाडौँ बाहिरका नागरिकको हकमा दुई फरक–फरक स्थानमा तोकेको उनको भनाइ छ ।

नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा मधेस प्रदेशका धनुषा र पर्साका सेवाग्राहीले विवरण दर्ता गर्नुपर्नेछ । यस्तै राष्ट्रिय सभागृहमा काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका बागमती प्रदेशका सबै जिल्लाका नागरिकले विवरण भर्न सक्ने सहायक प्रजिअ आचार्यले बताए । यसअघि ती क्षेत्रका नागरिकले काठमाडौँ प्रशासनबाटै विवरण दर्ता गर्दै आएका थिए ।

परिचयपत्रका लागि नागरिकताको सक्कल प्रमाणपत्र, बसाइँसराइको प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्र वा नाता खुल्ने प्रमाणपत्रको सक्कल आवश्यक पर्छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ९ : २८ बजे

सरकारप्रति हर्कको टिप्पणी- जनताले महशुस गर्नेगरी काम गर्न सकेन

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारले जनताले

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

एजेन्सी– पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २०

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा

पाल्पाबाट दालचिनी भारत निर्यात

तानसेन– चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-१ कमलपुर बस्ने