दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतमै चलाइने, हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको आदेश, जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक, सिमरौनगढलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न मागलगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको आदेश
उच्च अदालत पाटनले महानगरपालिकाले बन्द गरेको उच्च माध्यमिक विद्यालय संघ नेपाल ‘हिसान’को शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन ‘हिसान’ त्यसविरुद्ध अदालत गएको थियो ।

बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासले ‘हिसान’ को शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको हो ।

समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्न एमाले अघि बढिरहेको छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न एमाले अघि बढिरहेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले देश बनाउने एकमात्रै पार्टी एमाले भएको भन्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न अघि बढिरहेको जिकिर गरे ।

मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको भन्दै उपप्राध्यापक चलाउने सर्वोच्चमा
आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालत पुगेका छन् ।

सरकारको यो निर्णय अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै उनी सरकारको निर्णय बदर गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका हुन् ।

साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतमै चलाइने

सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै सुरू कारबाही र किनारा लगाउने अधिकार दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामासमेत जिल्ला अदालतको क्षेत्राधिकार राख्ने निर्णय गरेको हो ।

विद्युतीय कारोबारका मुद्दा जिल्ला अदालतमै चलाउने सरकारको निर्णय
सरकारले विद्युतीय कारोबार ऐनका केही कसुरहरूको कामकारवाही सुरु गर्ने र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई तोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले विद्युतीय कारोबार ऐन दफा ६० को उपदफा ५ बमोजिम सोही ऐनको परिच्छेद ९ मा उल्लेख भएबमोजिमका कसुरहरूको सुरु कारवाही र किनारा गर्ने अधिकार तथा बैंकिङ कसुरको सुरु कारवाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने निर्णय गरिएको जानकारी दिइन् ।

सिमरौनगढलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग
प्रतिनिधिसभा सदस्य अच्युतप्रसाद मैनालीले सिमरौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बारामा रहेको ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक नगरी सिमरौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्दै विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सरकारसँग माग गरेका हुन् ।

प्रतिनिधिसभा बैठक : बाढीपहिरोका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद उर्मिला थेबेले यही असार २ गतेदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुमलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराइन्। उनले बाढीमा परेर बेपत्ता भएकाहरूको चाँडो खोजी गर्न सरकारलाई आग्रह पनि गरिन् ।

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

असार ७ गते बिहीबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

राहत सामग्री भण्डारण व्यवस्था मिलाउन कर्णालीका आन्तरिक मन्त्रीको निर्देशन
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन र राहत सामग्री भण्डारणको व्यवस्था मिलाउन सम्बद्ध निकायहरूलाई निर्देशन दिएका छन् ।

बालेन्द्र शाहकी शिक्षा सल्लाहकार अर्यालद्वारा राजीनामा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहकी शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छन् । पछिल्लो समय प्रमुख शाहका गतिविधिप्रति असन्तुष्टि जनाउँदै अर्यालले राजीनामा दिएकी हुन् ।

नेपालको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो

नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांकअनुसार नेपालले रू १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र रू १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

घट्यो हवाई भाडादर

हवाई भाडादर घटेको छ । हवाई इन्धनको मूल्य घटाइएपछि भाडादर पनि घटाइएको हो ।

मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।

पोखरामा नियमित उडान हुनुपर्ने पर्यटन व्यवसायीको माग

पोखरेलीहरुको चार दशक अघिदेखिको सपना हो, अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको अवधारणा, जग्गा अधिग्रहणदेखि निर्माण सम्पन्न हुन ४० वर्ष लाग्यो । विसं २०७४ देखि निर्माण सुरु भइ २२ अर्ब लगानीमा निर्माण भएको विमानस्थल गत पुस १७ गते धुमधामसँग उद्घाटन पनि भयो ।

यो खुसीलाई साट्न पोखरेलीहरु विमानस्थलमा खचाखच भरिए । उनीहरूले मन फुकाएर स्वागत पनि गरे ।

 यसैबीच नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलोपटक भएको अन्तर्राष्ट्रिय जहाज अवतरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत बनेको बताएका हुन् ।

बाढी पहिरामा बेपत्ता भएकाहरूको खोजी कार्य जारी

सङ्खुवासभामा बाढी पहिरामा परी बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ ।

गत शनिबार राति अविरल वर्षासँगै आएको बाढी पहिराका कारण २० जना बेपत्ता भएका थिए । बाढी पहिराबाट बेपत्ता भएकाहरूको खोजी आज पनि जारी छ ।

नब्बे करोड घाटामा हेटौँडा सिमेन्ट उद्योग

आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९-८० मा पनि ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४-७५ पछि उद्योगले निरन्तर घाटा बेहोर्दै आएको हो ।

संस्थाका अनुसार उद्योग हालसम्म ९० करोडको घाटामा चलिरहेको छ । आव २०७४(७५ मा उद्योगले एक लाख नौ हजार सात सय ९६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ९ : ०३ बजे

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति वैधानिक, सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटलाई