काठमाडौँ- ललिता निवास प्रकरणमा पक्राउ परेका चार जनाको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ सकिएको हो । सुनुवाइ सकिएकाले आजै आदेश आउने भएको छ ।
ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, सञ्चार सचिव कृष्णबहादुर राउत, डिल्लीबजार मालपोतका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
प्रतिक्रिया