संसद खुलाउन आज पनि सर्वदलीय बैठक बस्दै « Khabarhub

संसद खुलाउन आज पनि सर्वदलीय बैठक बस्दै


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद गतिरोध अन्त्य गर्नका लागि आज पनि सर्वदलीय बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा हिजो बसेको बैठकमा सहमति जुट्न नसके पछि आज पनि बैठक बोलाइएको हो । बैठक अपराह्न ४ बजे बस्नेछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अवरोध गरिरहेको छ । 

तर, सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरेर टुंग्याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पुरा गर्न नसकिने जनाउँदै आएको छ । सरकार र प्रतिपक्षी दुबै दल आआफ्ना अडानमा कायमै राखे पछि साउन १२ गतेदेखि संसद चल्न सकेको छैन ।

यसबीचमा सभामुख देवराज घिमिरेले संसद चलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरे पनि अझै निष्कर्ष निस्कन सकेको छैन ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ७ : ४५ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न