समाजवादी मोर्चाको बैठक जारी | Khabarhub Khabarhub

समाजवादी मोर्चाको बैठक जारी


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक बसिरहेको छ ।

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भइरहेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार आजको बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मितिसमेत तोक्ने जनाइएको छ । 

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेता सहभागी छन् ।

मोर्चा गठन भएको करिब तीन महिनापछि बसेको यो दोस्रो बैठक हो । मोर्चामा सत्तारुढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा आवद्ध छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ९ : २८ बजे

लिपुलेक सम्झौताको विरोधमा भारतीय दूतावास अगाडि मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं– भारतीय राजदूतावास अगाडि नेकपा एमाले निकट अनेरास्ववियुले विरोध प्रदर्शन

एनपीएल आगामी मङ्सिरमा हुने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी

कृषि विकास बैंकले अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको छ : सिइओ गुरूङ

काठमाडौं– कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले

हामी आपसी संवाद र छलफलबाट प्रत्येक समस्याको छिनोफानो चाहन्छौँ : महासचिव पोखरेल

महोत्तरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले महासचिव