साउदीमा नियम उल्लंघन गर्ने १५ हजार बढी कामदार पक्राउ  « Khabarhub

साउदीमा नियम उल्लंघन गर्ने १५ हजार बढी कामदार पक्राउ 


४ भदौ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी सरकारले गैरकानुनी कामदारमाथि धरपकड तीब्र पारेसँगै थप १५ हजार २४५ जना आप्रवासी नागरिक पक्राउ परेका छन् । 

एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार २४५ जना पक्राउ परेका हुन् ।

साउदीको गृह मन्त्रालयका अनुसार अगस्ट १० देखि १६ तारिख सम्मको सातामा राज्यभर सुरक्षा बलका विभिन्न इकाइले गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लङ्घन गर्ने ८ हजार ५३९, सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने ४ हजार २ सय ५३ र श्रम कानून उल्लंघन गर्ने २ हजार ४ सय ५३ जना रहेका छन् ।

राज्यमा सीमा पार गर्न खोज्दा ८ सय २९ जना व्यक्तिहरू पक्राउ परेका थिए, ५३ प्रतिशत यमनी, ४४ प्रतिशत इथियोपियाली र ३ प्रतिशत अन्य राष्ट्रका थिए भने ६० जना उल्लङ्घनकारीहरू साउदी अरेबियाबाट बाहिर जानका लागि सीमा पार गर्न खोज्दा पक्राउ परेका थिए।

यी मध्ये कानुन उल्लङ्घन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने ३ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको साउदी गजेटले जनाएको छ। यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पूरा गरी देश निकाला गरिने जनाएको छ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरि धरपकड अभियान तीब्र पारेसँगै गैरकानुनी रुपमा त्यहाँ कार्यरत सयौँ नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको छ । जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरिएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  १० : ०५ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब