श्रम बैंकमार्फत बेरोजगारलाई रोजगारीमा जोड्दै काठमाडौँ महानगर « Khabarhub

श्रम बैंकमार्फत बेरोजगारलाई रोजगारीमा जोड्दै काठमाडौँ महानगर


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ। 

सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता दिन श्रम बैंक सञ्चालन गर्न लागिएको कामनपाले जनाएको छ । 

सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सम्बन्ध सेतु बनाउनु श्रम बैंकको मुख्य उद्देश्य रहेको महानगरको भनाइ छ । महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति लिएको छ । 

योजना सञ्चालनसँगै बेरोजगार श्रम शक्तिलाई रोजगारीमा पहुँच बढाउने महानगरको विश्वास छ। यसबाट श्रम संस्कृतिको विकास हुनाका साथै वैदेशिक रोजगारीमा युवा श्रमशक्तिको पलायनलाई रोकथाम गर्न मद्दत गर्ने महानगरले जनाएको छ । 

महानगरपालिका क्षेत्रभरी चालु आवको लागि श्रम गर्न इच्छुक व्यक्तिहरूले तोकिएको फाराममा आवश्यक विवरण भरी आफू बसेको वडा कार्यालय वा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा आवेदन पेस गर्न कामपाले आग्रह गरेको छ ।

चालु आवमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा स्वीकृत दर रेटका आधारमा पारिश्रमिक पाउने महानगरले जनाएको छ । रोजगारीका क्रममा कामपावासीले विशेष प्राथमिकता पाउनेछन् । महानगरका लागि आवश्यक श्रमशक्ति दैनिक ज्यालादारी वा पटकेमा लिँदा यसै सूचीकरण बमोजिम मात्र लिइने महानगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ११ : ५८ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल