जापानमा औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी | Khabarhub Khabarhub

जापानमा औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको मौसमसम्बन्धी निकायले सोमबार देशभरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी रहेको जनाएको छ ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार क्योटो सिटीमा दिनको उच्च तापक्रम ३८ डिग्री र आइजुवाकामात्सु, ओसाका, टोटोरी र सागा शहरमा ३७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

जेएमएले मानिसहरूलाई तापक्रम, आर्द्रता र सौर्य विकिरणमा आधारित ‘हिट स्ट्रेस इन्डेक्स’ जाँच गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

उत्तरी क्युशु र तोहोकुमा तातो, ओसिलो हावासहितको तापक्रम वृद्धिले अस्थिर वायुमण्डलीय अवस्था सिर्जना गर्ने बताइएको छ । यसले सोमबारपछि आँधीबेहरी ल्याउने र भूस्खलनको सम्भावना सिर्जना हुने, बाढी आउने, नदीमा पानीको बहाव बढ्ने, चट्याङ पर्ने र तीव्र हावाहुरी आउने मौसमविद्ले बताएका छन् ।  

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ४ : १८ बजे

सप्तरीका अग्निपीडितलाई नगद सहयोग

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा

दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको

६ हजार सात सय कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं – सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

कार्यान्वयनमुखी बजेट ल्याउन वित्त आयोगको सुझाव

काठमाडौं – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यान्वयनमुखी बजेट

राजनीति देश र जनताका लागि हुनुपर्छ : धनराज गुरुङ

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश