जापानमा औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी « Khabarhub

जापानमा औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको मौसमसम्बन्धी निकायले सोमबार देशभरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी रहेको जनाएको छ ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार क्योटो सिटीमा दिनको उच्च तापक्रम ३८ डिग्री र आइजुवाकामात्सु, ओसाका, टोटोरी र सागा शहरमा ३७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

जेएमएले मानिसहरूलाई तापक्रम, आर्द्रता र सौर्य विकिरणमा आधारित ‘हिट स्ट्रेस इन्डेक्स’ जाँच गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

उत्तरी क्युशु र तोहोकुमा तातो, ओसिलो हावासहितको तापक्रम वृद्धिले अस्थिर वायुमण्डलीय अवस्था सिर्जना गर्ने बताइएको छ । यसले सोमबारपछि आँधीबेहरी ल्याउने र भूस्खलनको सम्भावना सिर्जना हुने, बाढी आउने, नदीमा पानीको बहाव बढ्ने, चट्याङ पर्ने र तीव्र हावाहुरी आउने मौसमविद्ले बताएका छन् ।  

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ४ : १८ बजे

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर