इटाली पठाइदिने भनी लिबिया पुर्‍याइएका सत्र भारतीय युवा स्वदेश फिर्ता « Khabarhub

इटाली पठाइदिने भनी लिबिया पुर्‍याइएका सत्र भारतीय युवा स्वदेश फिर्ता


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– ट्युनिसियास्थित भारतीय दूतावासले लिबियामा थुनामा रहेका पञ्जाब र हरियाणाका १७ जना भारतीयलाई सकुशल स्वदेश फर्काएको जनाएको छ । 

ट्युनिसियास्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत दिइएको जानकारीमा भनिएको छ, ‘लिबियास्थित भारतीय दूतावासले पञ्जाब र हरियाणाका १७ जना भारतीय नागरिकलाई आइतबार सकुशल स्वदेश फर्काएको छ ।

२० अगस्ट २०२३ मा गल्फ एयरको उडानबाट उनीहरू २०ः३० बजे सकुशल भारत पुगेका थिए । आम आदमी पार्टी (आप) का राज्यसभा सांसद विक्रमजीत सिंह साहनीले गत महिना त्रिपोली जेलबाट रिहा भएपछि पञ्जाब र हरियाणाका १७ जना युवालाई लिबियाबाट स्वदेश फर्काउन पहल गरेका थिए। 

ट्राभल एजेन्टले इटाली पठाइदिने भन्दै ठगी गरेका कारण उनीहरु विगत छ महिनादेखि लिबियामा थिए ।

सामाजिक सञ्जाल एक्समा विक्रमजीत सिंह साहनीले पञ्जाबका मुख्यमन्त्री भगवन्त मान र हरियाणाका मुख्यमन्त्री मनोहर लाललाई इटाली जाने योजना बनाएका तर लिबिया पठाइएका यी युवाहरूलाई ठग्ने एजेन्टहरूविरुद्ध तत्काल कारबाही गर्न आग्रह गरेका छन् । 

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ५ : ३३ बजे

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर