परिवर्तनका लागि राजनीति गरेको हो : अध्यक्ष ओली « Khabarhub

परिवर्तनका लागि राजनीति गरेको हो : अध्यक्ष ओली


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मुलुकको परिवर्तनका लागि राजनीति गरेको बताएका छन् । 

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज केन्द्रीय सदस्यमा मनोनित छक्कबहादुर लामालाई सपथ ग्रहण गराउँदै उनले एमाले सरकारमा पुग्न र मन्त्री हुनका लागि राजनीति गर्ने पार्टी नभई मुलुकको परिवर्तन गर्नका लागि राजनीति गरेको स्पष्ट पारे । 

‘प्रधानमन्त्री, सभामुख, मन्त्री, मुख्यमन्त्री हुनका लागि राजनीति गर्ने पार्टी होइन । देशमा परिवर्तन ल्याउनका लागि राजनीति गर्ने पार्टी हो’, उनले भने, ‘जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि राजनीति गर्ने पार्टी हो ।’ उनले एमालेले मात्र जनताको समर्थन प्राप्त गर्न चाहने र बुझ्ने पार्टी रहेको बताए । त्यसका लागि उनले कार्यकर्तालाई सहज र सजग ढङ्गले जनतामा जान अभिप्रेरित गर्न आग्रह गरे । 

अध्यक्ष ओलीले मुलुकलाई ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई गन्तव्यका साथ अगाडि बढाउने योजनाका साथ एमाले पार्टी अगाडि बढेको बताए। उनले भ्रष्टाचार र तस्करी रोक्नका लागि भनेर आफूहरूले छानबिन समिति गठनको माग गरेको बताए। उनले सुन तस्करीमा शक्तिशाली अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेकाले छानबिन आवश्यक रहेको बताए ।

उनले अहिलेको भद्रगोलस्थितलाई समृद्धिको बाटोमा लैजान आफूले खोजिरहेको भन्दै मुलुकमा कानुनको राज र संविधानसम्मत चल्नुपर्ने भनाइ राखे । ‘संविधानमा कहीकतै कमीकमजोरी रहेको छ भने भोलि संशोधन गर्न सकिन्छ’, अध्यक्ष ओलीले भने, ‘तर आजको संविधानअनुसार देश चलाउनुपर्दछ । पवित्र ढंगले देश चलोस् । कानुनको पालना राज्यले गराओस् ।’ उनले राज्यले जनतालाई देशभक्ति र कानुन मान्न अभिप्रेरित गर्नुपर्ने भनाइ राखे ।

यही साउन २९ गते बसेको एमाले सचिवालय बैठकले लामासहित केदार न्यौपानेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । 

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ७ : २७ बजे

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली–  ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र

भोटखोलाका एक हजार बढी नागरिकले सीमापास लिए

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट

कृषिउपज संकलन केन्द्र सञ्चालनमा

दमौली– निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज

यस्तो छ आजका लागि तरबारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर – यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका