प्याजमा चरम कालोबजारी « Khabarhub

प्याजमा चरम कालोबजारी


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालोबजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ । एक दिनमै प्याजको मूल्य प्रतिकिलो रु २० सम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनबाट देखिएको छ । भारतले निर्यातमा कर बढाउनुअगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमा चर्को मूल्यवृद्धि भएपछि वाणिज्य विभागले अनुगमन थालेको छ ।

विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरका अनुसार सोमबार विभागले तीन वटा अनुगमन टोली खटाएर कालीमाटी, बल्खु, एकान्तकुनालगायत प्रमुख तरकारी बजार र खुद्रा पसलमा अनुगमन गरेको छ । भारतले भन्सार बढाएको बहानामा व्यापारीले पहिल्यै आयात गरिसकेको प्याजमासमेत मूल्य बढाएर कालोबजारी गरेपछि अनुगमन गरिएको र केही व्यापारीलाई कारबाहीसमेत भएको उनले जानकारी दिए ।

“प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धिको सूचना पाउने वित्तिकै विभागले आज दिनभरि तीन वटा टोली परिचालन गरेर बजार मूल्य अनुगमन गरेको छ । तीन वटा व्यापारीलाई जनही रू २० हजार, दुई वटा व्यापारीलाई जनही रू ५० हजारका दरले कारबाही गरिएको छ भने चार वटा आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग भएको छ”, महानिर्देशक ठाकुरले भने ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार प्रतिकिलो रू ६० का दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो रू २० सम्म बढेर रू ८० पुगेको थियो । तर विभागले अनुगमन गरेपछि आज कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो रू १० ले घटेको उनको भनाइ छ । वाणिज्य विभागले गर्ने नियमित अनुगमन सोमबार प्याजको मूल्य वृद्धिमा केन्द्रित भएर गरिएको थियो ।

उपत्यकाका विभिन्न २१ स्थानमा भएको अनुगमनमा पाँच वटालाई तत्काल कारबाही, चार वटालाई थप अनुसन्धानका लागि कागजात माग, एउटालाई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन र बाँकीलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ । फरक मूल्य राखेर भ्याटबिल बनाएको तथा आयातकर्ता व्यापारीले अरु खुद्रा व्यापारीलाई कति रकममा बिक्री गरेका छन् भन्नेबारे विभागले विस्तृ अध्ययन गरिरहेको पनि महानिर्देशक ठाकुरले जानकारी दिए ।

भारतको वित्त मन्त्रालयले शनिबार प्याजको निर्यातमा ४० प्रतिशतसम्म भन्सार कर बढाउने निर्णय गरेको थियो । भारतको आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि भन्सार कर बढाइएको भारतीय वित्त मन्त्रालयले जनाएको छ । आगामी डिसेम्बर ३१ सम्म यस्तो कर लाग्नेछ । यसअघि भारतले बासमतीबाहेकका चामल निर्यातमा बन्देज लगाएपछि चामलमा पनि कालोबजारी बढेको थियो । वाणिज्य विभागको अनुगमन पछि केही हदसम्म मूल्य वृद्धि नियन्त्रण भएको महानिर्देशक ठाकुरको भनाइ छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ७ : २९ बजे

विज्ञको दाबी : अबको २४ देखि ४८ घण्टाभित्र इरानमाथि फेरि हमला सुरू गर्न सक्छ अमेरिका

तेहरान- पश्चिम एसियाको तनावबीच अमेरिकाले आगामी २४ देखि ४८ घण्टाभित्र

इरानले पाकिस्तानमार्फत् अमेरिकालाई नयाँ १४ बुँदे प्रस्ताव पठायो

तेहरान– युद्धको सन्त्रासबीच इरानले फेरि एक पटक सहमतिका लागि १४

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

म्याग्दी– बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिले दिन ३ सय ७८ जनाले पाए बचत

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको

पत्रकारलाई हर्कको जवाफ- कानुन बनाउने मान्छेलाई सिकाइरहनु पर्दैन

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी