दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त, कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, एमालेले डाक्यो सचिवालय बैठक, ललिता निवास प्रकरणका आरोपित थप तीन दिन हिरासतमा रहने, नक्कली शरणार्थी प्रकरण : अनुसन्धानमा खटिएका दुई एसएसपीको जिम्मेवारी खोसियो, कर्णाली मुलुक समृद्धिको मुहान बन्नसक्ने प्रधानमन्त्री प्रचण्डको विश्वास, उपराष्ट्रपति यादव स्वदेश फिर्तालगायतका समाचारले प्रमुख स्थान पाए ।

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त
विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम कामु प्रधानन्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् ।

आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीको पक्षमा ४७ मत र विपक्षमा ३० मत परेको छ । बैठकमा १६ प्रदेशसभा सदस्य अनुपस्थित रहेका थिए ।

नक्कली शरणार्थी प्रकरण : अनुसन्धानमा खटिएका दुई एसएसपीको जिम्मेवारी खोसियो
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा अनुसन्धानमा खटिएका दुई एसएसपीलाई जिम्मेवारीबाट हटाइएको छ ।

गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा। मनोज केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो ।

कर्णाली मुलुक समृद्धिको मुहान बन्नसक्छ : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली मुलुक समृद्धिको मुहान बन्नसक्ने बताएका छन् ।

कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कर्णालीको जल, जमिन, पर्यटन, जडीबुटी, भेषभुषा, भाषा संस्कृतिमा अपार सम्भावना रहेको भन्दै मुलुक समृद्धिको मुहान भएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री भट्टराईद्वारा ललिता निवासमा संलग्नताबारे सीआईबीलाई जवाफ

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो संलग्नताबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई प्रष्ट पारेका छन् ।

हिजो साँझ सीआईबीका अधिकारीहरूलाई आफ्नै निवासमा बोलाएर भट्टराईले आफूबारे उठेको प्रश्नहरूबारे जानकारी गराएका हुन् ।

समाजवादी मोर्चाले सबै प्रदेशमा घोषणा सभा गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको समाजवादी मोर्चाले प्रदेश स्तरीय घोषणा सभा गर्ने भएको छ ।

आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले यही भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री खड्का र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच भेटवार्ता

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाबीच भेटघाट भएको छ ।

भेटमा निर्वाचनसम्बन्धी आवश्यक कानुनबारे छलफल भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ । उनीहरुबीच प्रदेश र स्थानीय तहमा रिक्त भएका स्थानमा उपनिर्वाचन गर्ने विषयमा पनि छलफल भएको थियो ।

परिवर्तनका लागि राजनीति गरेको हो : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मुलुकको परिवर्तनका लागि राजनीति गरेको बताएका छन् ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज केन्द्रीय सदस्यमा मनोनित छक्कबहादुर लामालाई सपथ ग्रहण गराउँदै उनले एमाले सरकारमा पुग्न र मन्त्री हुनका लागि राजनीति गर्ने पार्टी नभई मुलुकको परिवर्तन गर्नका लागि राजनीति गरेको स्पष्ट पारे ।

ललिता निवास प्रकरणका आरोपित थप तीन दिन हिरासतमा रहने
ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित १८ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

एमालेले डाक्यो सचिवालय बैठक

नेकपा एमालेले यही भदौ ९ गते सचिवालय बैठक डाकेको छ । एमालेले यसपटकको सचिवालय बैठक काठमाडौँ उपत्यकाबाहिर राखेको छ ।

तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राखेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

कर्णालीमा १३२ केभी प्रसारण लाइन जोडिने
ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशमा छ महिनाभित्र १३२ केभी प्रसारण लाइन जोडिने बताएका छन् ।

कर्णाली प्रदेशको सुर्खेतमा नेकपा (माओवादी केन्द्र) ले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले कर्णालीमा विद्युतीकरणका लागि १४ अर्बको ठेक्का लागेको बताए।

उपराष्ट्रपति यादव स्वदेश फिर्ता

उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । गत २९ साउनमा सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७औं चीन कुनमिङ आयात(निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गरेका थिए ।

दर्ता नभएका टिकट बुकिङ काउण्टर हटाउन सुरु

काठमाडौँ महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ ।

काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको हो ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ८ : ५९ बजे

आईपीएल : आज गुजरात र कोलकाता भिड्ने

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज गुजरात टाइटन्स र

विषादी प्रयोगबारे सचेत बन्दै किसान

कैलाली– रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

हेटौंडा– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आज सुरु हुँदैछ । बैठक

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरोको बैठक आज बस्दैछ । पार्टीको

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने