ललिता निवास प्रकरण : पूर्वमन्त्री जोशीसँग सीआईबीले लियो बयान « Khabarhub

ललिता निवास प्रकरण : पूर्वमन्त्री जोशीसँग सीआईबीले लियो बयान


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बालुवाटारस्थित ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालीन भूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग बयान लिएको छ । सीआईबीले सोमबार साँझ आफूसँग बयान लिएको जोशीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

‘अन्ततः बोझबाट हलुका भएको छु। सीआईबीसमक्ष बयान दिएर अइयो। सीआईबीलाई धन्यवाद । ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाई सार्वजनिक नै छ। चाहिएको बेला आवश्यक सहयोगको लागि तत्पर छु’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

जोशी सोमबार बिहान बयान दिनका लागि सीआईबीको कार्यालयमा आफैं पुगेका थिए। जोशीलाई बिहान फाइल गइसकेको भन्दै फर्काइएको थियो ।

ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजाने गरी मन्त्रिपरिषद्‌बाट भएका निर्णयमा संलग्न भएकामाथि सीआईबीले बयान लिइरहेको छ । अब पूर्वमन्त्रीद्वय विजयकुमार गच्छदार र डम्बर श्रेष्ठको बयान गराउन बाँकी छ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ८ : २४ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र