सल्यानमा गाडी दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

सल्यानमा गाडी दुर्घटना, दुई जनाको मृत्यु


४ भदौ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सल्यान – सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यान दार्मा गाउँपालिका- २ का ३६ वर्षीय खुम बहादुर खत्री भन्ने ओम्पत खत्री र रुकुम पश्चिम सानोभेरी गाउँपालिका-११ का ६० वर्षीय कमारो कामी रहेका छन्।

दुवै जनाको दाङ तुल्सिपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

यस्तै तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ। रुकुम पश्चिमको नुवाकोटबाट दाङतर्फ जाँदै गरेको लु२ख ५७३१ नम्बरको गाडी सोमबार दिउँसो राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका-३ आगरखोलामा दुर्घटना भएको थियो।

गाडी‌ सडकबाट दुई सय‌ मिटर‌ तल खसेको र अन्य १३ घाइतेको राप्ति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  ८ : ३८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको