सल्यानमा गाडी दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

सल्यानमा गाडी दुर्घटना, दुई जनाको मृत्यु


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सल्यान – सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यान दार्मा गाउँपालिका- २ का ३६ वर्षीय खुम बहादुर खत्री भन्ने ओम्पत खत्री र रुकुम पश्चिम सानोभेरी गाउँपालिका-११ का ६० वर्षीय कमारो कामी रहेका छन्।

दुवै जनाको दाङ तुल्सिपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

यस्तै तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ। रुकुम पश्चिमको नुवाकोटबाट दाङतर्फ जाँदै गरेको लु२ख ५७३१ नम्बरको गाडी सोमबार दिउँसो राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका-३ आगरखोलामा दुर्घटना भएको थियो।

गाडी‌ सडकबाट दुई सय‌ मिटर‌ तल खसेको र अन्य १३ घाइतेको राप्ति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ८ : ३८ बजे

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि