सुदूरपश्चिम प्रदेशसभा : समसामयिक समस्या समाधानमा ध्यानाकर्षण « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा : समसामयिक समस्या समाधानमा ध्यानाकर्षण


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम –सुदूरपश्चिम प्रदेशसभाका सदस्यले बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक विपद्बाट प्रभावित जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रदेशसभाको बैठकको शून्य समयमा भाग लिने प्रदेशसभा सदस्यहरूले बाढी, डुबान र पहिरोबाट क्षति पुगेको ठाउँमा पुनःनिर्माण, जङ्गली हात्तीले निम्त्याइरहेको समस्या समाधान र लम्पी स्किन रोगको रोकथामका लागि प्रभावकारी पहल गर्नसमेत ध्यानाकर्षण गराए ।

शून्य समयमा प्रदेशसभा सदस्य खुशीराम डगौराथारु, खेमादेवी विष्ट, घनश्याम चौधरी, चक्रबहादुर मल्ल, जानकी ऐरबम, जानकीदेवी कुँवर, तुल्सी देवकोटा, बहादुरसिंह थापा, धर्मराज पाठक, विक्रमसिंह धामी, वीरबहादुर थापा, बेलबहादुर रानामगर, मानबहादुर धामी, शिवसिंह ओली, सन्तोषी शर्मा, सुरेन्द्रबहादुर पाल र हिरा सार्कीले भाग लिएका थिए ।

बैठकले सुदूरपश्चिम प्रदेशसभा नियमावली २०७४, पहिलो संशोधन २०७६ सहितलाई संशोधन गर्न नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

उक्त प्रस्तावका प्रस्तावक मानबहादुर धामीले नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भनी प्रस्ताव पेस गर्नुहुँदा अर्का सदस्य गीताकुमारी चौधरीले समर्थन गरेका थिए ।

नियमावली संशोधन मस्यौदा समितिमा विक्रमसिंह धामी, प्रकाश रावल, खेमदेवी विष्ट, मानबहादुर धामी, खुशीराम डगौराथारु, डा ताराप्रसाद जोशी, मानबहादुर रावल र सुरेन्द्रबहादुर पाल रहेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ९ : ४७ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल