सुदूरपश्चिम प्रदेशसभा : समसामयिक समस्या समाधानमा ध्यानाकर्षण « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा : समसामयिक समस्या समाधानमा ध्यानाकर्षण


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम –सुदूरपश्चिम प्रदेशसभाका सदस्यले बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक विपद्बाट प्रभावित जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रदेशसभाको बैठकको शून्य समयमा भाग लिने प्रदेशसभा सदस्यहरूले बाढी, डुबान र पहिरोबाट क्षति पुगेको ठाउँमा पुनःनिर्माण, जङ्गली हात्तीले निम्त्याइरहेको समस्या समाधान र लम्पी स्किन रोगको रोकथामका लागि प्रभावकारी पहल गर्नसमेत ध्यानाकर्षण गराए ।

शून्य समयमा प्रदेशसभा सदस्य खुशीराम डगौराथारु, खेमादेवी विष्ट, घनश्याम चौधरी, चक्रबहादुर मल्ल, जानकी ऐरबम, जानकीदेवी कुँवर, तुल्सी देवकोटा, बहादुरसिंह थापा, धर्मराज पाठक, विक्रमसिंह धामी, वीरबहादुर थापा, बेलबहादुर रानामगर, मानबहादुर धामी, शिवसिंह ओली, सन्तोषी शर्मा, सुरेन्द्रबहादुर पाल र हिरा सार्कीले भाग लिएका थिए ।

बैठकले सुदूरपश्चिम प्रदेशसभा नियमावली २०७४, पहिलो संशोधन २०७६ सहितलाई संशोधन गर्न नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

उक्त प्रस्तावका प्रस्तावक मानबहादुर धामीले नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भनी प्रस्ताव पेस गर्नुहुँदा अर्का सदस्य गीताकुमारी चौधरीले समर्थन गरेका थिए ।

नियमावली संशोधन मस्यौदा समितिमा विक्रमसिंह धामी, प्रकाश रावल, खेमदेवी विष्ट, मानबहादुर धामी, खुशीराम डगौराथारु, डा ताराप्रसाद जोशी, मानबहादुर रावल र सुरेन्द्रबहादुर पाल रहेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ९ : ४७ बजे

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि