दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा टुँडिखेलमा फूलपाती बढाइँ, हामीलाई पछाडि फर्कने र रुमलिने छुट छैन :  प्रधानमन्त्री, अर्थतन्त्र सबल बनाउनुपर्नेमा एमाले महासचिव पोखरेलको जोड, सुदूरपश्चिम प्रदेश सरकार र उद्योग वाणिज्य महासङ्घबीच लगानीसम्बन्धी सम्झौता, विराटनगरमा फूलपाती भित्र्याइयो, पचली भैरवको लिङ्गो शनिबार ढालियो, ७ वर्षीय बालिका गुफामा मृत फेला, त्रिकोणात्मक श्रृंखला : नेपालद्वारा हङकङ पराजितलगायतका समाचारले प्रमुख स्थान पाए ।

टुँडिखेलमा फूलपाती बढाइँ
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ । बडादसैँको सातौँ दिनको अवसर पारेर आयोजना गरिएको फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड प्रदर्शन गरिएको थियो ।

हामीलाई पछाडि फर्कने र रुमलिने छुट छैन :  प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकासमा पछाडि फर्कने र अहिलेकै यथास्थितिमा रुमलिने छुट नभएको बताएका छन्।

प्रधानमन्त्री दाहालले आज बडादसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नुपर्ने बताए ।

अर्थतन्त्र सबल बनाउनुपर्नेमा एमाले महासचिव पोखरेलको जोड
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गरेका छन् ।

जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अर्थतन्त्र सबल भएमा मात्र देश पनि बलियो हुने बताए।

सुदूरपश्चिम प्रदेश सरकार र उद्योग वाणिज्य महासङ्घबीच लगानीसम्बन्धी सम्झौता
सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच लगानी प्रवर्द्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको छ । आज महासङ्घमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले समझदारीपत्रमा हस्ताक्षर गरे ।

विराटनगरमा फूलपाती भित्र्याइयो
मोरङका विभिन्न ठाँउ लगायत विराटनगरमा बडा दशैँको सतौँ दिन शनिबार परम्परागत रुपमा फूलपाती भित्र्याइएको छ ।

विराटनगरको जिल्ला अदालतबाट बाजागाजा सहित निस्किएको धार्मिक र्यालीले फूलपाती बढाई गर्दै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

पचली भैरवको लिङ्गो शनिबार ढालियो
पचली भैरवको लिङ्गो शनिबार ढालिएको छ ।

विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिङ्गो ठड्याउने जात्रा अन्तर्गत बुधबार साँखुमाथिको जङ्गलबाट काटेर ल्याइएको लिङ्गो ठड्याइएको थियो भने जात्रा अन्तर्गत शनिबार उक्त लिङ्गो ढालिएको हो ।

जनकपुरको राजदेवी शक्तिपीठमा बाजागाजासहित फूलपाती भित्र्याइयो
जनकपुरधामको राजदेवी शक्तिपीठमा बाजागाजासहित फूलपाती भित्र्याइएको छ । दसैँको सातौँ दिन शनिबार राजा जनककी कुलदेवीको रुपमा मानिने राजदेवी मन्दिरसहितका शक्तिपीठमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सलामीका साथ फूलपाती भित्र्याइएको हो ।

एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आजदेखि कार्यभार सम्हालेको छ ।

कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो । यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन ।

पोखरामा नेपालकै पहिलो ठूलो ‘मोटरबाइक रेस’
गण्डकी प्रदेशको राजधानी सहर पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ ।

७ वर्षीय बालिका गुफामा मृत फेला
भोजपुरमा शुक्रबारदेखि हराएकी ७ वर्षीय बालिका शनिबार गुफामा मृत फेला परेकी छन् । आमचोक गाउँपालिका–६, थुन्कीका देवचन्द्र राईकी छोरी आकृतिको शव शनिबार गुफामा फेला परेको हो।

त्रिकोणात्मक श्रृंखला : नेपालद्वारा हङकङ पराजित
त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको हो ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ८ : ५९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर