इजरायल र हमासबीच युद्धविरामको संकेत, बन्दी आदानप्रदानमा रेडक्रसले सघाउने « Khabarhub

इजरायल र हमासबीच युद्धविरामको संकेत, बन्दी आदानप्रदानमा रेडक्रसले सघाउने



इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच गत अक्टोबर ७ मा युद्ध सुरु भएयता पहिलो पटक अस्थायी युद्धविरामको ठोस सम्भावना देखा परेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले कतारको मध्यस्थतामा युद्धविराम सम्झौता हुन लागेको र कुनै पनि बेला यसबारे घोषणा हुने दावी गरेका छन् ।

समाचारमा जनाइएअनुसार युद्धविराम सम्झौतामा हमासले बन्दी बनाएका इजरायली र अन्य विदेशी नागरिकलाई रिहा गर्ने र इजरायलले पनि प्यालेस्टाइनी बन्दीहरुलाई रिहा गर्नेबारे घोषणा हुने अपेक्षा गरिएको छ । बदलामा इजरायलले डेढ महिनायता गाजा क्षेत्रमा गर्दै आएको आक्रमण ५ दिनका लागि स्थगित गर्नेछ । यससँगै हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीसँगै अन्य विदेशी र दर्जनौँ इजरायली बन्दीहरु रिहा हुने सम्भावना बढेर गएको छ ।

मंगलबार हमास प्रवक्ता इस्माइल हानियेहले इजरायलसँगै चाँडै युद्धविराम सम्झौता हुनसक्ने सम्भावना रहेको बताएपछि नयाँ आशा पलाएको हो । त्यसैगरी, अर्को प्यालेस्टाइनी लडाकु समूह प्यालेस्टाइनी इस्लामिक जिहादले पनि युद्धविराम सम्झौताको सम्भावनाउच्च रहेको जनाएको छ ।

‘हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौँ’, फ्रान्सेली समाचार संस्थाएएफपीलाई पठाएको एक विज्ञप्तिमा हानियेहले भनेका छन् । नाम नछाप्ने सर्तमा एएफपीसँग हमास र इस्लामिक जिहादको स्रोतले उनीहरूको संगठन युद्धविराम सम्झौताको शर्तमा सहमत भएको बताएको छ ।

त्यसैगरी, इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इतमर बेन ग्भिरले पनि यस्तो सम्झौताबारे आफूले जानकारी पाएको जनाएका छन् । यद्यपि इजरायलमा उग्र दक्षिणपन्थी नेताको छवि बनाएका उनले युद्धविराम सम्झौताबारे जानकारी पाएको भएपनि आफू यस्तो सम्झौताको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

‘म धेरै नै चिन्तित छु किनभने केही (युद्धविराम) सम्झौताबारे कुरा चलेको छ ।’ राष्ट्रिय सुरक्षामन्त्री बेन ग्भिरलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले जनाएको छ, ‘हामीलाई यसबाट अलग्गै राखिएको छ र हामीलाई साँचो कुरा बताइएको छैन ।’ यद्यपि इजरायलले यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

अस्थायी सम्झौतामा पाँच दिने युद्धविराम समावेश छ । यसमा जमिनमा युद्धविराम र दक्षिणी गाजामा इजरायली हवाइ सञ्चालनको सीमा समावेश छ । बदलामा प्यालिस्टाइनी लडाकु समूहले पक्रिएका ५० देखि एक सय मानिसलाई रिहा गरिनेछ ।

तीमध्ये इजरायली र अन्य मुलुकका मानिसलाई रिहा गरिने भए पनि कुनै पनि सैन्यकर्मीलाई रिहा गरिने छैन । प्रस्तावित सम्झौताअन्तर्गत महिला र बालबालिकासहित करिब तीन सय प्यालेस्टाइनीलाई पनि इजरायली जेलबाट रिहा गरिने छ ।

कतारी टेलिभिजन अलजजिराले कतारको राजधानी दोहा, इजरायलको तेल अभिव, इजिप्टको राजधानी कायरो, गाजा क्षेत्र तथा गाजा र इजिप्टको सीमामा पर्ने रफाह नाकामा रहेका टोलीलाई उद्धृत गर्दै सम्झौतालाई अन्तिम रुप दिने तयारी भइरहेको जनाएको छ । यससँगै कुनै पनि बेला युद्धविराम सम्झौताबारे घोषणा हुनेछ ।

बन्दी आदान प्रदानगर्न रेडक्रस तयार

अल जजिराका पत्रकार हसेम अहलबराले अहिले हमासले रिहा गर्ने बन्दीहरुको विवरणलाई अन्तिम रुप दिने काम भइरहेको जनाएका छन् ।

उनका अनुसार हमासले इजरायली पक्षलाई आफूले रिहा गर्ने बन्दीको नामावली दिने र बदलामा इजरायली जेलमा रहेका प्यालेस्टाइनी बन्दीहरुलाई पनि सोही समयमा रिहागरिनु पर्ने माग गरेको छ ।

हमासले सुरक्षाको कारण देखाउँदै तत्कालै सबै बन्दीहरुलाई एकैसाथ रिहा गर्न नसकिने र युद्धविराम सम्झौताको ५ दिनमा उनीहरुको रिहाइ हुने स्पष्ट पारेको छ । अहलबराले जनाएअनुसार गाजाबाट बन्दीलाई इजरायल लैजान अन्तर्राष्ट्रिय रेडक्रसको टोली तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ५ : ३२ बजे

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन– चितवनको गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ

दुई हजार बढी सहकारीलाई दर्ता अभिलेखीकरण

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई

प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट १६ हजार बढीले लिए सेवा

तनहुँ– प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार