पालिकामै बैंक पुगेपछि स्थानीयलाई सहज « Khabarhub

पालिकामै बैंक पुगेपछि स्थानीयलाई सहज


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाको प्रशासनिक कार्यालयमै बैंक पुगेपछि स्थानीय सेवाग्राहीलाई थप सहज भएको छ ।

गाउँपालिकाको कार्यालय देखि करिब ३० मिनेटको दुरीमा रहेको प्राइम कमर्सियल बैंकको काउन्टर शाखा पालिका विस्तार गरेसँगै स्थानीय उपभोक्ताहरूलाई थप सहजता मिलेको हो ।

पालिकाबाट वितरण गरिने कार्यक्रम तथा उपभोक्ता मार्फत हुने ससाना योजना सम्झौता गर्ने देखि भुक्तानी लिन मैनापोखरी बैंक शाखा पुग्न धेरै झन्झटिलो भएको गुनासो बढेपछि पालिका अध्यक्ष छबी लामाले स्थानीयको गुनासोलाई सम्बोधन गर्दै पालिकाको मुख्य प्रशासनिक कार्यालय पाँडुडाँडामै ५ लाखसम्म भुक्तानी दिने गरी बैंकको शाखा काउन्टर सञ्चालन गराएका हुन् ।

बैंकको शाखा काउन्टर सञ्चालन आएसँगै स्थानीयलाई बैंक पुग्नुपर्ने बाध्यताको अन्त्य भएको वैतेश्वर गाउँपालिका अधिकृत सातौँ रवीन्द्र चौलागाईंले बताए।

वैतेश्वर गाउँपालिकाले यस अघि पनि स्थानीयको सहजताको लागी वडामै पुगेर जेष्ठजन तथा बृद्धबृद्धा अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा भत्ता वडामै पुगेर वितरण गर्दै आएको छ ।

सुबास बस्नेत 

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ६ : ४७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा