घाँस बेचेर शिक्षकलाई तलब | Khabarhub Khabarhub

घाँस बेचेर शिक्षकलाई तलब


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- एउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ । तर, त्यो यथार्थ डडेल्धुराको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका–६ चन्दनीस्थित सिद्धनाथ माध्यमिक विद्यालयका निजी स्तरका शिक्षकले भोग्दै आएका छन् ।

विसं २०३१ मा स्थापना भएको विद्यालयले हजारौँ विद्यार्थी उत्पादन गरेर शिक्षा, स्वास्थ्य, कर्मचारी र राजनीतिक क्षेत्रमा दक्षजनशक्ति दिएको उक्त विद्यालयको आन्तरिक स्रोत नहुँदा समस्या छ । निजी स्रोतका शिक्षक एवं कर्मचारीलाई तलब खुवाउनकै लागि गाउँमा चन्दा सहयोगदेखि विद्यालयको दुई बिघा क्षेत्रफलमा हुने घाँस बिक्री गरेर समेत आर्थिक जोहो गर्नुपरेको विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराईले बताए ।

“स्थानीय सामुदायिक वनले विगतमा सहयोग गर्दा विद्यालय सञ्चालनमा अलि सहयोग पुगेको थियो ।” प्रधानाध्यापक भट्टराईले भने, “केही वर्षयता वन पदाधीकारी मुद्दामा मुछिएपछि त्यो पनि बन्द भयो ।” प्राविदेखि दश जोड दुईसम्म २७२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा २० जना शिक्षक कर्मचारी कार्यरत छन् ।

“मैदानको घाँस बिक्रीबाट रु १५÷२० हजार र अर्को स्कूलको एउटा घर प्रहरी चौकीलाई भाडामा दिँदा मासिक रु चार हजार आउँछ ।” उनले भने, “त्यो बाहेक विद्यार्थीको प्रमाणपत्र लिँदाको शुल्क र स्थानीयले दिएको चन्दा सहयोगले पनि जेनतेन निजी शिक्षकलाई तलब खुवाउनु परेको छ ।”

विद्यालयमा कम्प्युटर सहायक, पुस्तकालय सहायक, परिचर र एक जना दश जोड दुई तहमा अध्यापनरत शिक्षक गरी चार जना निजी स्रोतका शिक्षक रहेका छन् । स्थानीय तहको निर्वाचनका बेला परशुराम नगरपालिकाले निजी स्रोतका शिक्षकलाई रु ३५ हजार मासिक दिने भनेर आश्वासन दिएपनि त्यो कार्यान्वयन नभएको प्रधानाध्यापक भट्टराईको गुनासो छ ।

“नगरपालिकामै बोलाएर आश्वासन दिएपनि रकम प्राप्त भएको छैन् ।” उनले भने,“निजी स्रोतका शिक्षकलाई विदाई गरौँ यता पढाई प्रभावित हुने चिन्ता छ ।” उनले निजी स्रोतका शिक्षक कर्मचारीमा मासिक रु ८० हजार खर्च हुने गरेको जानकारी दिए ।

विद्यालयको मुद्दती खातामा रहेको रकमबाट मासिक रु ६० हजार व्याज आउने भएकाले पनि केही राहत भएको उनको भनाइ थियो । विद्यालयमा सात जना शिक्षक स्थायी, चार जना निजी स्रोत र बाँकी नौ जना राहत र करारमा कार्यरत रहेको विद्यालय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ७ : ०९ बजे

‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने

ललितपुर– ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने

मङ्कीपक्स सङ्क्रमित युवकको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा उपचाररत मङ्कीपक्स

‘पौवादुङमा गोल्ड कप फुटबल’ माघ १ गतेदेखि

भोजपुर– भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप

लिपुलेकमा भारत र चीनको सहमतिप्रति अनेरास्ववियूको आपत्ती

काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले पछिल्लो समय

अपराधको राजनीतिकरण नगरौँ, रविको निलम्बन कानूनसम्मत छ

सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला अदालत