स्वास्थ्य जीवनका लागि पानीको महत्त्व « Khabarhub

स्वास्थ्य जीवनका लागि पानीको महत्त्व

'पानी स्वास्थ्य जीवनको आधार हो'


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाम्रो जीवनको आधार पानी हो। पानी छैन त जिन्दगानी नै छैन। हाम्रो शरीरको ७० प्रतिशत भाग पानीले ओगटेको हुन्छ। पानीमा तरलता, स्वच्छता, हलुकापन, शीतलपन प्रदान गर्ने गुण हुन्छन्। शुद्ध पानी हाम्रो जीवन नै हो। खाली पेटमा वा खाना खाएर भरिएको शरीरमा जुनै बेलामा पनि पानी पिउनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ। बिहान खाली पेटमा मनतातो पानी र त्यस पानीमा थोरै कागती मिसाएर खानु निकै राम्रो मानिन्छ। प्रशस्त पानीले हाम्रो पाचन प्रणालीमा पनि ठूलो भूमिका खेलेको हुन्छ। पानी बिना शरीरका कुनै पनि क्रिया चल्दैनन्। प्रत्येक मान्छेले दैनिक रुपमा डेढदेखि साढे दुई लिटरसम्म पानी पिउनु पर्छ।

दूषित पानीले स्वास्थमा पार्ने असर
टाइफाइड र झाडापखला : दूषित पानी खाँदा टाइफाइड हुन्छ। टाइफाइड व्याक्टेरियाबाट हुन्छ। जुन व्यक्ति टाइफाइड संक्रमित छ। उसको दिशा, पिसाबमा किटाणु हुन्छ र संक्रमित व्यक्तिले राम्रोसँग हात धोएन भने अरुलाई सर्नसक्छ। टाइफाइड भएको व्यक्तिलाई उच्च ज्वरो आउने, वान्ता हुने झाडापखाला लाग्ने हुन्छ। कतिपय अवस्थामा झाडापखाला जीवनजल, नुनपानी खाँदा ठिक हुन्छ। तर, टाइफाइड भयो भने औषधि खानुपर्ने हुन्छ। यसको उपचारका लागि एन्टिबायोटिक खानुपर्ने हुन्छ। झाडापखाला, टाइफाइड जन्डिस गराउने भाइरस (हेपाटाइटिस) पनि पानीकै कारणले हुने गर्छ।

आउ : आउ पर्दा बिरामीमा पेट धेरै दुखेर एक दिनमा धेरैपटक दिसा लाग्ने र दिसामा रगत तथा फिंज देखापर्ने हुन्छ। आउबाट बच्नको लागि हामीले ब्याक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ। सफा स्वच्छ र उमालेको पानी प्रशस्त मात्रामा पिउने गर्नु पर्दछ। साथै दिशापिसाब गेरेपछि साबुन पानीले हात धुने र सागपात तथा फलफूलहरू राम्रोसँग पखालेर खानु पर्दछ।

हैजा : तारन्तार उल्टी (वान्ता) लाग्ने र दिसा ल्याउने रोग हो हैजा। हैजा लाग्दा मानिसलाई लगातार दिसा जाने र पेटमा सुईले घोचेको जस्तो पीडा हुने गर्दछ। त्यस्तै दूषित पानीको कारणले मलेरिया, डेंगी लगायतका संक्रमण देखा पर्छन्।

जुका पर्ने : दूषित पानीको प्रयोगले पेटमा जुका पर्न सक्ने सम्भावना धेरै हुन्छ। हामीले दूषित पानी पिउँदा विभिन्न प्रकारका परजीवी शरीरभित्र जान सक्छन्।

छाला सम्बन्धी समस्या : फोहोर पानीले हाम्रो शरीर भित्र मात्र होइन बाहिर पनि धेरै असर पर्दछ। हामीले नुहाउँदा होस् वा अन्य काममा फोहोर पानीको प्रयोग गयौं भने हाम्रो छालामा लुतो, दाद, घाउ, खटिरालगायत समस्या देखा पर्दछन्।

सामान्यतया झाडापखाला लागेको व्यक्तिमा पानीको कमी हुन्छ। सङ्लो पिसाब आउने बेलासम्म नुन चिनी पानी खानुपर्छ। यदि पानी खाइएन भने डिहाइड्रेसन हुन्छ। तर सुगर भएका बिरामीले विशेष ध्यानमा राखेर चिनी पानीको सेवन गर्नुपर्ने हुन्छ।

कस्तो पानी पिउने त ?
– पानी उमालेको मात्र पिउने,
– पानी फिल्टर गरेर पिउने,
– जहाँ पायो त्यही बाहिरको पानी नपिउने,
– खोला, धारा, इनारको पानी त्यसै पिउनु राम्रो हुँदैन।

स्वास्थ्य शरीरका लागि पानीको महत्त्व विशेष रहेको छ। धेरै समय मुख सुख्खा राख्न दिनु हुँदैन। पिसाब लाग्ने गरी पानी खानु स्वास्थ्यका लागि राम्रो हुन्छ। (संक्रामक रोग विशेषज्ञ डा.जनक कोइरालासँग खबरहबका लागि गरिएको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ७ : ३३ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु