घट्यो अमेरिकामा घरजग्गाको कारोबार « Khabarhub

घट्यो अमेरिकामा घरजग्गाको कारोबार


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

न्युर्योक – अमेरिकामा घर जग्गाको कारोबार घटेको छ। एक तथ्यांक अनुसार अमेरिकामा २.४ प्रतिशतले घरजग्गाको कारोबार घटेको हो।

अमेरिकाको नेशनल एशोसिएसन अफ रियाल्टर्स (एनएआर) का अनुसार घर बिक्रीको वार्षिक दर ४४ लाख ४० हजारमा झरेको हो। अमेरिकी अर्थव्यवस्था चलायमान बनाउने एक महत्वपूर्ण क्षेत्र रियल स्टेट बजारको कारोबार घटेको विषयलाई चिन्ताको रूपमा लिइएको छ। कोभिड–१९ पछि देखिएको खराब अर्थतन्त्रका कारण घरजग्गाको कारोबार घटन गएको अमेरिकन अर्थशात्रीहरुले जनाएका छन्।

‘संसारलाई झैँ अमेरिकाको अर्थतन्त्रलाई पनि कोभिड-१९ ले असर गरेको छ, मानिसहरुको क्रय शक्तिमा कमी आएको छ र धेरैजसो मानिसहरु अहिले बाँच्नका लागि अर्थात् जिविकोपार्जनका लागि मात्रै पैसा कमाइरहेका छन् भने झैँ अवस्था देखा परेको छ, जसको परिणाम स्वरूप अन्य क्षेत्रमा जस्तै घर जग्गा कारोबारमा पनि नकारात्मक असर देखिएको हो’ अर्थशास्त्री निक जोन्सनले भने।

विद्यमान घर बिक्री गत वर्षको मार्च महिनाको तुलनामा २२ प्रतिशतका दरले घटन पुगेको छ। एनएआरका अनुसार औषत विद्यमान घर बिक्री मूल्य अघिल्लो वर्षको तुलनामा ०.९ प्रतिशतले घटेर ३ लाख ७५ हजार ७ सय अमेरिकी डलरमा झर्न गएको हो।

तर, यसअघि बिक्री हुन नसकेका भनिएको घरहरू भने अघिल्लो महिनाको तुलनामा गत मार्चको अन्त्यसम्ममा १ प्रतिशतले बढेर ९ लाख ८० हजार पुगेको एनएआरले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। नेपालमा पनि अहिले घर जग्गाको कारोबार घटेर अर्थतन्त्रमा नकारात्मक असर गरेको भन्दै कित्ताकाट खुल्ला गरिएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १० : ०२ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि