डोटीमा बास र निगालोबाट विभिन्न सामग्री बनाइने | Khabarhub Khabarhub

डोटीमा बास र निगालोबाट विभिन्न सामग्री बनाइने


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ सुन्तडिमा बास तथा निगालोबाट विभिन्न सामग्री बनाइने भएको छ । युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा ग्रामीण समुदाय विकास केन्द्र डोटीद्वारा सञ्चालित दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजनाले सहजीकरण गर्न थालेको छ । 

यसका लागि घरेलु तथा साना उद्योग कार्यालय डोटीको सहकार्य तथा बोगटान फुड्सिल गाउँपालिकाको समन्वयमा विपन्न समुदायको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले ४५ दिने बास तथा निगालोको सामग्री निर्माण गर्ने सीप विकास तालिम गत चैत महिनाको २७ गतेदेखि सुरु गरेको ग्रामीण समुदाय विकास केन्द्र डोटीका सब इन्जिनियर करनबहादुर विष्टले बताए।  

विपन्न परिवारको जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने हेतुले सञ्चालन गरिएको तालिमका सहभागीले बास र निगालोबाट अहिले मुडा, कलम राख्ने, सामग्री राख्न मिल्ने डालालगायतका सामग्री निर्माण गरिरहेका र अन्य सामग्री विभिन्न सामग्री निर्माण कार्य सिकिरहेकासमेत उनले जानकारी दिए । 

स्थानीयस्तरमा उपलब्ध हुने बास तथा निगालोको धेरै प्रकारका सामग्री निर्माण गर्नसके दैनिक जीवन निर्वाहका साथै आयआर्जनमा सहजता हुने तालिमका सहभागीले बताएका छन् । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सुन्तडीमा सञ्चालन भएको सीपमूलक तालिमबाट सीपमूलक दक्ष जनशक्ति उत्पादन हुने बोगटान फुड्सिल गाउका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । 

गाउँपालिकाभित्र जोकोही व्यक्ति सीप सिकेर स्थानीयस्तरमा व्यावसायिक गर्छु सुरुआत गर्छ भने त्यस्ता व्यक्तिलाई पालिकाले पनि सहयोग उनले जानकारी दिए । पैँतालीस दिनसम्म सञ्चालन हुने सीपमूलक तालिममा बोगटान फुड्सिलको वडा न १ र ४ का ११ जना सहभागी रहेको आयोजकले जनाएको छ । तालिममा  दक्ष प्राविधिकले सहजीकरण गरिरहेको जनाइएको छ  । 

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १२ : १९ बजे

बालयौन दुरुपयोग मुद्दामा मदन राईलाई अढाई वर्ष कैद सजाय

काठमाडौं- खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक

टोखामामा सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

काठमाडौं– काठमाडौँको टोखामा साढे १० रोपनी सार्वजनिक जग्गा अधिग्रहण गरी

अधिवक्ता त्रिपाठीमाथि कुटपिट- पक्राउ परेका तीनै जनासँग अदालतले माग्यो जनही एक लाख धरौटी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध बहस गरेको भन्दै

शिक्षा र विकास राष्ट्र निर्माणका मूल खम्बा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा र विकास राष्ट्र निर्माणका

अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरूलाई स्वागत

काभ्रे– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज काभ्रेपलान्चोक