नगरपालिकाद्वारा शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन « Khabarhub

नगरपालिकाद्वारा शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको जानकी गाउँपालिकाले शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन गरेको छ । शैक्षिक सत्र २०८० देखि गाउँपालिकामा पहिलोपटक छात्राहरूको लागि विद्यालय सञ्चालन गरिएको हो । 

जानकी–३ मानपुरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा छात्राका लागि मात्रै यस वर्षदेखि कक्षा छ सम्म अध्यापन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए। उनका अनुसार यो विद्यालय सञ्चालनसँगै शुक्रबारदेखि भर्ना अभियान पनि सुरु गरिएको छ । यस वर्ष करिब दुई सय छात्रालाई विद्यालयमा भर्ना गर्ने लक्ष्य लिइएको छ । गाउँपालिकाले यस वर्ष ९० लाखको लागतमा छात्रा विद्यालय सञ्चालन गरिरहेको छ । 

संघीय सरकारको विशेष अनुदानबाट आएको ५० लाखबाट गाउँपालिकाले विद्यालयको पर्खाल र शौचालय निर्माणको काम गरिरहेको छ भने विद्यालय सञ्चालन गर्न गाउँपालिकाले ४० लाख विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत डाँगीले जानकारी दिए ।

गाउँपालिकाले विद्यालयमा छात्राका लागि निःशुल्क शिक्षासहित शैक्षिक सामग्री, पोसाक र आउन जानका लागि निःशुल्क यातायात, स्वच्छ पानी तथा शौचालयको पनि व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए । उक्त विद्यालयमा गाउँपालिकाका छवटै वडाका छात्रालाई समावेश गर्नेगरी पालिकाले यातायातको व्यवस्था गरेको छ । आवश्यकताअनुसार यातायातका साधन थप्दै जाने उनले बताए ।

विद्यालय सञ्चालनका लागि शिक्षिकाको मात्रै व्यवस्था गरिएको छ । मधेसी र मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त गाउँपालिकामा शिक्षालाई प्राथमिकता दिई काम गरिरहेको अध्यक्ष खाँको भनाइ छ । गाउँपालिकामा प्राथमिक विद्यालय १६, आधारभूत विद्यालय तीन र मावि पाँच छन् । यहाँ १४ मदरसा छन् । छ सामुदायिक विद्यालय रहेको उक्त पालिकामा एक गुरुकुल पनि सञ्चालनमा छ । 

माविसम्म सीमित रहेको सो गाउँपालिकामा यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पढाइ सञ्चालनका लागि कार्यपालिकाबाट निर्णय भइसकेको शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीले बताए  ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १२ : ३२ बजे

ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा

झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो

झापा– झापामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र

अमेरिका र इरान युद्ध रोक्ने सम्झौता: कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा उत्साह

काठमाडौँ – संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

काठमाडौँ – विश्वकप फुटबलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सहज जित

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा– जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’