अर्थतन्त्र सुधारका लागि पूर्ण ऊर्जा लगाएको छु : अर्थमन्त्री  « Khabarhub

अर्थतन्त्र सुधारका लागि पूर्ण ऊर्जा लगाएको छु : अर्थमन्त्री 


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि आफूले पूर्ण ऊर्जा लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे  । ‘हाम्रो साधन र स्रोत थोरै छ । गर्नुपर्ने काम धेरै छ’, अर्थमन्त्री डा महतले भने । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले केही विषयमा नीतिगत हस्तक्षेप नै गर्नुपर्ने सोचसमेत आफ्नो रहेको बताएका हुन्। अर्थमन्त्री एक्लैले आम चासो र चिन्तालाई सम्बोधन गर्न नसक्ने भएकाले तत्काल नतिजा नआउने भएकाले धैर्य गर्न उनले आग्रह गरे ।

अर्थतन्त्रलाई चलायमान बनाउन र बाधा हटाउन पहल भइरहेको स्पष्ट पार्दै उनले राजस्व संकलनमा देखिएको समस्या समाधान गर्न पहल भइरहेको बताए । ब्याजदरमा भएको वृद्धिका कारण लगानीमैत्री वातावरण बन्न नसकेको उल्लेख गर्दै  उनले मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकको नेतृत्वसँग पनि छलफल गरिरहेको बताए । उनले भने, ‘हामी धेरै निरास नहोऔँ, अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । केही समय धैर्य गरौँ’, अर्थमन्त्री डा महतले भने ।

उनले राज्यको प्राथमिकतामा नपरेका विषयमा अनुदान र ऋण लिन उचित नभएको बताए । अर्थमन्त्री डा महतले आवश्यकता बाहिर सहयोग लिइरहेको भन्दै प्राथमिकता निर्धारण गरेर मात्र बाह्य सहयोग लिनुपर्ने धारणा राखे । उनले भने, ‘प्राथमिकता निर्धारण गरेर लिनुपर्छ । के लिने नलिने के माग्ने नमाग्ने यथेष्ठ कुरा हुनुपर्छ ।’

वैदेशिक सहयोगमा सञ्चालित आयोजनासमेत विभिन्न अवरोधका कारण समस्या खडा भएको उल्लेख गर्दै अर्थमन्त्री डा महतले पूर्वतयारी पूरा गरेर मात्रै परियोजना अगाडि बढाउन सकिए कुनै पनि समस्या नहुने बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  २ : ०७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना