उपनिर्वाचन : निर्वाचन आयोगद्वारा १० बुँदे निर्देशन « Khabarhub

उपनिर्वाचन : निर्वाचन आयोगद्वारा १० बुँदे निर्देशन


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले आगामी १० गते हुने उपनिर्वाचनमा मतदान गर्नेहरूलाई मोबाइल लैजान प्रतिबन्ध लगाएको छ ।

आज सो निर्वाचन प्रयोजनका लागि १० बुँदे निर्देशन जारी गर्दै आयोगले क्यामरा, मोबाइललगायत लैजान निषेध गरेको हो । 

‘मतदाताहरूलाई मतदानका लागि सहज र सुरक्षित वातावरण बनाई मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामानहरू साथमा लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निशेध गर्ने’ आयोगको निर्देशनमा उल्लेख गरिएको छ ।

यसैगरी, निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मतदान कार्यमा खटिने कर्मचारी र उम्मेदवारको प्रतिनिधिलाई तोकिए अनुसारका अनुसूची बमोजिमको प्रतिवद्धतापत्रमा दस्तखत गराई सोको पूर्ण पालना गर्ने गराउन पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ३ : २७ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय