युवा जनशक्तिलाई आर्थिक क्रियाकलापमा संलग्न गराउन जरुरी : अध्यक्ष नेपाल « Khabarhub

युवा जनशक्तिलाई आर्थिक क्रियाकलापमा संलग्न गराउन जरुरी : अध्यक्ष नेपाल


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकका युवा जनशक्तिलाई आर्थिक क्रियाकलापमा पनि संलग्न गराउन जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा युवा संघ नेपाल, सहकारी विभागले आयोजना गरेको भित्तेपात्रो बिमोचन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले जनताको आर्थिक स्तर सुधारका लागि युवाहरुलाइ राजनीतिमा संलग्न गराएजस्तै आर्थिक क्रियाकलापमा पनि संलग्न गराउन जरुरी रहेको बताएका हुन् ।

युवालाई सिर्जनात्मक कार्य तथा उत्पादनमा जोड्न सकेमा देश विकास र जनताको समृद्धि कायम हुने अध्यक्ष नेपालको भनाइ छ । उनले मुलुकमा देखिएको आर्थिक समस्या न्यूनीकरण गर्न समाजमा छरिएका स–साना पुँजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुपर्ने र सहकारी पनि ऐन नियममा बाधिएर अनुशासित भएर काम गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै अध्यक्ष नेपालले जनतालाई अधिकार सम्पन्न बनाउन स्थापित कम्युनिष्ट पार्टी देशमा भएका सबै आन्दोलनमा क्रियाशील रहेको बताए ।

उनले पार्टीलाई बलियो बनाउनका लागि संगठन बलियो हुनुपर्ने भएकाले ठोस नजिता देखिनेगरि संगठन लगाएत पार्टीका लागेका नेता कार्यकर्ताहरुले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ५ : ४२ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा